सिडनी । अस्ट्रेलियाका पूर्वी क्षेत्रमा लागेको डढेलोका कारण घना बस्ती क्षेत्रमा भयावह खतरा उत्पन्न भएको छ। जसले गर्दा अस्ट्रेलियाका दुईवटा राज्यहरूले सङ्कटकालको अवस्थामा पुगेको घोषणा गरेका छन्।

मौसमको खतरनाक अवस्थाका कारण तीन दिनभित्र न्यू साउथ वेल्स र क्वीन्सल्यान्डमा कम्तीमा तीनजनाको ज्यान गएको छ भने हज्जारौँ विस्थापित भएका छन्। अधिकारीहरूले मंगलवार देशको सबैभन्दा ठूलो शहर सिड्नीमा एकदमै खराब खालको खतरा आउनसक्ने बताएका छन्। ती दुई राज्यहरूका एक सय २० भन्दा बढी स्थानमा ठूला झाडीहरूमा डढेलो लागेको छ।

आगलागीका कारण न्यू साउथ वेल्समा ९ लाख ७० हजार हेक्टर भूमि प्रभावित भएको छ भने एक सय ५० घरहरू नष्ट भएका छन्।
क्वीन्सल्यान्डमा ९ वटा घरहरू नष्ट भएको बताइएको छ।
(बीबीसीको समाचार सहयोगमा।)
प्रकाशन मिति–२०७६ साल कात्तिक २६ गते मंगलवार ।