काठमाडौं। नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य अवस्थाकाबारेमा विभिन्न अफवाह फैलिएपछि प्रधानमन्त्री ओलीले अस्पतालको ‘आइसीयु’बाटै भिडियो सन्देश जारी गरेका छन्।

https://www.facebook.com/UMLprezKPSharmaOli/videos/2663579010415904/

सोमबार अपराह्न जारी गरिएको भिडियो सन्देशमा प्रधानमन्त्री ओलीले आफ्नो स्वास्थ्यमा उल्लेख सुधार हुँदै गएको बताएका छन्। ओलीले रोग सबैलाई लाग्ने र सूचना दिएर रोग नलाग्ने भन्दै आफूलाई अप्रत्याशित ‘एपेन्डिसाइटिस’को समस्या आइलागेको बताएका छन्।

एपेन्डिसाइटिसको संक्रमण बाहिरसम्म फैलिएका कारण भएको ‘इन्फेक्सन’ हटाउन हप्ता–१० दिन लाग्ने पनि ओलीले भनेका छन्। मेरो स्वास्थ्य राम्ररी अघि बढिरहेको छ । सुधार भइरहेको छ’–उनले अगाडि भनेका छन् ।
प्रधानमन्त्री ओलीले भिडियो सन्देशमा आफू समाचारहरु हेर्नसक्ने अवस्थामा रहेको भन्दै आइतबार साँझ दक्षिण एसियाली खेलकुद (साग)को उद्घाटन समारोह पनि हेरेको बताएका छन् ।

एपेन्डिसाइटिसको समस्या आएपछि गएको मंगलबार प्रधानमन्त्री ओलीको महाराजगन्जको त्रिवि शिक्षण अस्पतालस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरमा सफल शल्यक्रिया गरिएको थियो।
हाल प्रधानमन्त्री ओली सोही अस्पतालको आइसीयुमा उपचाररत् छन्।

https://www.facebook.com/UMLprezKPSharmaOli/videos/2663579010415904/

प्रकाशन मिति–२०७६ साल मंसीर १६ गते सोमवार ।