Trama Center Nepalकाठमाडौ। काठमाडौको महांकालस्थान स्थित राष्ट्रिय ट्रमा सेन्टरमा आज विहीवार बिहान झुन्डिएर एक महिलाले आत्महत्या गरेकी छन्।

वीर अस्पतालअन्तर्गत रहेको ट्रमा सेन्टरको पाँचौ तलामा उपचार गराइरहेकी बागलुङ मिसी गाविसकी जयकला घर्तीले सोही तलाको भ्यालमा झुन्डिएर आत्महत्या गरेकी हुन्।

पोखराको मणिपाल अस्पतालमा उपचार हुन नसकेपछि घर्तीलाई यही चैत ६ गते ट्रमा सेन्टरमा उपचारका लागि ल्याइएको थियो।

महानगरीय प्रहरी वृत्त न्युरोडका प्रहरी नायब उपरीक्षक सन्तोष आचार्यले बिरामी कुरुवा निदाएको अवस्था पारेर घर्तीले झ्यालमा पासो लगाएर आत्महत्या गरेको बताएका छन्।
प्रकाशन मिति–२०७३ साल चैत्र २४ गते विहीवार ।