काठमाडौ। आँखा दान गर्नेहरुको छाता संगठन नेपाल आँखा दान समाजको प्रथम बार्षिक साधारण सभा संपन्न भएको छ। शनिवार तिलगंगा आँखा प्रतिष्ठानको सभाकक्षमा नेपाल आँखादान समाजको प्रथम वार्षिक साधारण सभा सम्पन्न भएको हो।

साधारण सभाको समुद्घाटन वरिष्ठ संचारकर्मी कृष्णा ताम्राकार र साइट लाइफ अमेरिकाका कार्यक्रम प्रवन्धक राखी नथावटले संयुक्तरुपमा गरेका हुन्। उक्त साधारण सभाबाट जगन्नाथ महर्जनको नेतृत्वमा नयाँ कार्य समिति चयन गरिएको छ। अध्यक्ष महर्जन नेतृत्वको कार्य समितिमा उपाध्यक्ष एकाराम सिं, महासचिव साधुराम महर्जन, कोषाध्यक्ष सुरेन्द्र शाक्य, तथा कार्यकारिणी सदस्यहरु क्रमशः निर्मल वज्राचार्य, रत्ना महर्जन, मोतिशान्ति शाक्य, प्रतापबहादुर मानन्धर र घनाकुमारी ओद रहेका छन्।

कर्निया(आँखाको नानी)का कारणले दृष्टिविहिन भएकालाई पुनः दृष्टि प्रदान गर्नकालागि अत्यावश्यक स्वस्थ कर्नियालाई मरणोपरन्त दान गर्ने काममा जनचेतना जगाएर अत्यधिक संख्यामा नेपाल आँखा बैंकमा कर्निया संकलन गर्ने काममा सघाउन उक्त संस्थाको प्रारम्भिक गठन आँखा बैंकका प्रवन्धक शंखनारायण त्वाय्नाको सक्रियतामा निर्मल वज्राचार्यको अध्यक्षतामा २०६८ जेठ १७ गते भएको थियो। निर्वाचन कार्य प्रमुख निर्वाचन अधिकृत अधिवक्ता प्रकाश महर्जनले सुसम्पन्न गनृु भएको थियो।
प्रकाशन मिति–२०७४ साल पुष १६ गते आइतवार ।