Sun Kumar Awal News3काठमाडौ। आँखा देख्ने मान्छेको मेकअप गर्नु र गराइनुलाई सामान्य नै लिइने गरेको छ। तर, आँखा नदेख्ने दृष्टिविहीनलाई मेकअप गर्नु र गराइनुको महत्व बेग्लै हुने गरेको छ। स्थानीय निर्वाचनको सरगर्मीमा निर्वाचन संवन्धी जनचेतनामूलक विज्ञापन निर्माणका क्रममा मेकअप आर्टिष्ट सुनकुमार अवालले आँखा नदेख्ने दृष्टिविहीनको मेकअप गरेर नयाँ आयाम तथा महत्व कायम गरेका छन्।

Sun Kumar Awal News4दृष्टिविहीन दिर्घबहादुर खड्काको मेकअप गर्ने कार्य मेकअप आर्टिष्ट अवालवाट भएको हो। नेपाल टेलिभिजनका लागि बीबीसी मिडिया एक्सनले निर्माण गरेको निर्वाचन संवन्धी विज्ञापनको शुटिङ्गका क्रममा सवै क्षेत्रका व्यक्ति–विशेषलाई समेटिने क्रममा अपाङ्ग क्षेत्रवाट दृष्टिविहीन दिर्घबहादुर खड्कालाई समेटिएको हो।

Sun Kumar Awal News2निर्वाचन विज्ञापनमा रोलमोडल बनेका दृष्टिविहीन खड्का आफू त्यसरी मेकअप आर्टिष्ट अवालको कमालपूर्ण मेकअपवाट चिरिच्याट्ट बनेपछि आफ्नो आँखाले नदेखेपनि आफ्नो अनुहार अत्यन्त राम्रो भएको हुनुपर्ने प्रतिक्रिया व्यक्त गरेका छन्। जसवाट मेकअप आर्टिष्ट अवाल आफ्नो कामको मूल्याँकन भएको महशुश भएको सुनाउंछन्। आँखा नदेखेका रोलमोडलको मेकअप गर्न पाउंदाको आनन्द नै बेग्लै भएको समेत अवालको भनाई रहेको छ।Sun Kumar Awal News1प्रकाशन मिति–२०७४ साल जेष्ठ २ गते मंगलवार ।