काठमाडौं। माध्यमिक शिक्षाको आइरन गेट मानिएको एसइई परीक्षा दिन नेपाली चलचित्रकी सदावहार सुन्दरी नायिका करिश्मा मानन्धर पनि पुगेकी छन्। आजदेखि विहान ८ बजेवाट प्रारम्भ भएको भएको एसइई परीक्षा दिन नायिका करिश्मा मानन्धर आफै गाडी हाँकेर परीक्षा हल पुगेकी छन्।

काठमाडौंको मैतीदेवी स्थित त्रिवेणी माध्यामिक विद्यालयमा अध्ययनरत करिश्माको परीक्षा केन्द्र डिल्लीबजार स्थित विजय स्मारक माध्यमिक विद्यालयमा परेको छ।

नायिका मानन्धर परीक्षा दिन चर्चित नृत्य निर्देशक गोविन्द राईको साथमा परीक्षा केन्द्र पुगेकी थिइन्। गाडी हाँकेरै गोदावरी टौखेलवाट त्यहाँ पुगेकी नायिका मानन्धरलाई नृत्य निर्देशक राईले टीका लगाइदिएपछि सवैको सफलताको कामना सहित परीक्षा हल पुगेकी थिइन्।

विजय स्मारक माध्यमिक विद्यालयको परीक्षा केन्द्रमा आज विहान करिश्मा मानन्धर सवैको आकर्षणको केन्द्र बनेकी थिइन्। नायिका करिश्मा मानन्धर जस्तै ४५ बर्ष कटेपछि एसइई परीक्षा दिने सांसद शान्ता चौधरी पनि रहेकी छन्। आजवाट शुरु भएको एसइई परीक्षामा देशभरवाट ४ लाख ७५ हजार परीक्षार्थीहरुको सहभागिता रहेको छ।

प्रकाशन मिति–२०७५ साल चैत्र १० गते आइतवार ।