काठमाडौं। दुई दशकअगाडिको चर्चित नायिका श्यारोन शेर्पा लामो समयदेखि अमेरिकामा रहदैआएकी छन्। दुई चलचित्र शिखर र चमत्कारकी नायिका श्यारोनको त्यो बेला एक मुस्कानले सारा घायल बन्ने गर्दथे। त्यो बेलाकी मुस्कानवाली नायिका श्यारोन शेर्पा अमेरिकामा केही समययता क्यान्सर रोगवाट पिडित बनेकी छन्।

आन्द्राको क्यान्सरवाट पिडित श्यारोन हाल अमेरिकामा नै उपचार गर्दैआएकी छन्। फोर्थ स्टेजको क्यान्सरवाट पिडित श्यारोनमा कुनै पिडा देखिएको छैन्। क्यान्सर जितेर फेरि नेपाल आएर नेपाली चलचित्र खेल्ने आँट बोकेकी छन्। भारतीय फिल्मकी नेपाली अभिनेत्री मनिषा कोइरालाले जस्तै क्यान्सरलाई जितेर सामान्य जीवनमा फर्कने दृढ संकल्प बोकेकी नायिका श्यारोन शेर्पामा बेग्लै जोश तथा हिम्मत देखिएको छ।

संकल्प नेपाल टेलिभिजनमा बोल्दै श्यारोनले आफूमा धेरै आत्मविश्वास भएकी नेपाली आँटिली छोरी भएको कारण जस्तासुकै क्यान्सरलाई जित्ने आँट र भरोसा रहेको भनेकी छन्। दशैं गयो, अव नेपालीहरुको दोश्रो महान पर्व तिहारको शुभकामना भन्दै सवैलाई निरोगिताको शुभकामना भनेकी छन्। नेपालमा रहदा एअरहोस्टेज समेत रहेकी श्यारोन कुनैबेला कान्तिपुर एफएमकी प्रोग्राम एंकर समेत भएर कार्य गरेकी थिइन्।

प्रकाशन मिति–२०७९ साल असोज २३ गते आइतवार ।