Late Prakash Dahal-Son of Mr. Pushpa Kamal Dahal Prachanda.

काठमाडौ। आकस्मिक हर्ट–एटेक्टका कारण निधन भएका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालका छोरा प्रकाशको पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ। आर्यघाटमा दाहालले छोरा प्रकाशलाई दागबत्ती दिएका छन्।

आर्यघाटमा पुष्पकमल दाहालले छोरा प्रकाशलाई दागबत्ती दिने क्रममा।

त्यसअघि प्रकाशप्रति विभिन्न राजनीतिक दलका नेताहरु र आफन्तजनले श्रद्धान्जली दिएका थिए। यसअघि पेरिसडाँडाबाट गरिएको शवयात्रामा आफन्तजन, विभिन्न दलका नेता तथा कार्यकर्ताहरु र सर्वसाधारण गरी हजारौं सहभागी भएका थिए। त्यहाँ माओवादी केन्द्रका साथै अन्य राजनीतिक दलका नेता कार्यकर्ता तथा सर्वसाधारणले श्रद्धान्जली दिएका थिए।

Late Prakash Dahal with his beloved father Mr. Pushpa Kamal Dahal Prachanda

उपराष्ट्रपति नन्दबहादुर पुन, विभिन्न कूटनीतिक नियोगका प्रमुख एवं प्रतिनिधि पनि श्रद्धान्जलीका लागि माओवादी कार्यालय, कोटेश्वर पुगेका थिए। यसअघि, काठमाडौंको लाजिम्पाटस्थित निवासमा अचेत भएपछि उनलाई आइतबार बिहान साँढे ५ बजे काठमाडौंको थापाथलीस्थित नर्भिक अस्पतालमा पुर्याइएको थियो।

नर्भिक अस्पतालका चिकित्सकहरुले प्रकाशको आकस्मिक हर्ट एटेक्टका कारण निधन भएको जनाएका हुन्। चिन्ताजनक अवस्थामा अस्पताल पुर्याइएका प्रकाशको निधनबारे जानकारी दिँदै अस्पतालले अरु कुनै कारण नदेखिएको क्लियर गरेको छ। अस्पतालका डा.जेबी जैसवालकाअनुसार विहान साढे ५ बजे अस्पताल ल्याइएको थियो।

चिकित्सकहरुले विहान ६ बजे मृत्यु भएको घोषणा गरेका थिए। अस्पताल ल्याउँदा नै हात चिसो भइसकेको थियो भने पल्स नरहनुका साथै शरीर पनि केही कडा भइसकेको थियो। अस्पताल ल्याउनु करिब तीन घन्टाअघि नै आकस्मिक हर्ट एटेक्ट भएको अस्पतालले जनाएको छ। प्रकाशको आकस्मिक निधनमा नेपालका पूर्वराजा ज्ञानेन्द्र, राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरवहादुर देउवा, नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली लगायतले हार्दिक श्रद्धाञ्जली तथा शोक–समवेदना प्रकट गरेका छन्।

M/s Srijana Tripathi-First Wife of Late Prakash Dahal

यसैवीच दिवंगत प्रकाश दाहालकी जेठी पत्नी सिर्जना त्रिपाठी श्रीमानको निधन भएको खवर पाउनासाथ नर्भिक अस्पताल पुग्दा अस्पतालमा नै बेहोश बनेकी थिइन्। बेहोश बनेकी सिर्जना त्रिपाठीको अस्पतालमा स्लाइन दिएर उपचार गरिएको छ।

प्रकाशन मिति–२०७४ साल मंसीर ३ गते आइतवार ।