काठमाडौं। कोभिड–१९ महामारीको चपेटामा परेको नेपाली चलचित्र उद्योग बल्ल उठ्ने क्रममा रहेको छ। दुई बर्ष लामो महामारीको अवरोधले चलचित्र उद्योग नराम्ररी ढलिसकेको अवस्थामा बल्ल उठ्ने क्रममा रहेको हो।

यसक्रमलाई ऊर्जा थप्न तथा नेपाली चलचित्रको प्रवद्र्धन गर्न र गराउन बक्स फिल्मले मैत्रीपूर्ण फुटबल प्रतियोगिताको आयोजना गरेको छ। काठमाडौंको गल्फुटारमा भएको फुटबल प्रतियोगिता फागुन २७ वाट प्रदर्शनमा आउन लागेको दुई चलचित्र आकाशे खेती तथा लक्कन–छप्पन वीच भएको छ।

मैत्रीपूर्ण भनिएको दुई चलचित्र टीम वीच भएको खेलमा लक्कन–छप्पनको दुई गोल विरुद्ध आकाशे खेतीले तीन गोल गरेर चलचित्र आकाशे खेती च्याम्पियन बनेको छ। च्याम्पियनसीप चलचित्र आकाशे खेतीका लेखक तथा निर्देशक एवम् निर्माता उदय सुव्वालाई बक्स अफिसले प्रदान गरेको छ।

जित–हारभन्दा नेपाली चलचित्रको विकास र प्रवद्र्धनका लागि गरिएको यो प्रयासमा आफूहरु संलग्न भएर राम्रो शुरुवात भएको तर्क निर्माता तथा निर्देशक उदय सुव्वाको रहेको छ। थला परेको नेपाली चलचित्र उद्योगलाई टेवा दिन यसप्रकारको खेतीले निश्चित रुपमा ठूलो योगदान दिएको तर्क पनि सुव्वाको रहेको छ।

प्रकाशन मिति–२०७८ साल फागुन २१ गते शनिवार ।