काठमाडौ । भारतसँगको खेलमा महत्वपूर्ण पारी खेलेर भारतलाई सेमी फाइनलमा पुगेका भारतीय ब्याट्सम्यान बिराट कोहोलीले प्रेमिका अनुष्का शर्माको मजाक उडाइएकोप्रति रोश प्रकट गरेका छन्। बिराटको अविजित ८२ रनको माध्यमले भारत विजयी भएपछि शुरु भएको सामाजिक सञ्जालमा अनुष्काःविराटको ट्रोल नै चलेपछि कोहोली आक्रोशित भएका हुन्।

Page No.5- Sports- Birat Kohali & Anushkaकोहोलीले आफ्नो र अनुष्काको नाम जोडेर अनावश्यक ट्रोल चलाउनेहरुले लाज मान्नु पर्ने भन्दै आफूलाई अनुष्काले सँधै सकारात्मक उर्जा मात्र दिएको बताएका छन्। अनुष्का र विराटबीच ब्रेकअप भएको चर्चा केही समय यता चल्दै आएको छ । यस अघि पाकिस्तानसँगको खेलमा राम्रो प्रदर्शन गरेपछि अनुष्काले विराटलाई बधाइ दिएको भारतीय सञ्चार माध्यमले जनाएका छन्।

Page No.5- Sports- Gift for Birat Koholiयसैवीच बलिउडमा नाङ्गिएरै चर्चित बनेकी अभिनेत्री तथा मोडल पुनम पाण्डेले पुनः बलिउडमा खल्बली मच्चाउन सफल भएकी छन् । भारतमा जारी विश्वकप क्रिकेटको आइतबार भएको खेलमा भारतले अष्ट्रेलियालाई हराएपछि भारतीय टिम र जिताउन मुख्य भूमिका खेलेका बिराट कोहोलीलाई पुनमले टक्राएको उपहारले बलिउड तातेको छ।
भारतले बंगलादेशलाई १ रनले हराएपछि कपडा खोलेर तस्विर उपहार दिएकी पुनमले यस पटक टिम इण्डियलाई अर्ध नग्न तस्विर उपहार देखिएकी छन् भने बिराट कोहोलीका लागि पुष्ट बक्षस्थलको तस्विर विशेषरुपमा टक्राएकी छन् । ट्वीटरबाट पुनमले विराटलाई दिएको उपहारले यतिबेला बलिउड र भारतीय मिडिया रंगिएका छन्।

प्रकाशन मिति–२०७२ साल चैत्र १९ गते शुक्रबार ।