तस्वीर सौजन्य–रासस
तस्वीर सौजन्य–रासस

काठमाडौ। सरकार पुग्न नसकेको स्थानमा धुर्मुस सीताराम कट्टेल पुगेर तराईका विभिन्न स्थानमा राहत बाँढ्न सफलता प्राप्त गरेका छन्। उनै धुर्मुसलाई अर्को सफलता प्राप्त भएको छ। बिहीबार समाजसेवामा एक अर्को महत्वपूर्ण कार्य गरेर धुर्मुस चर्चाको विषय बनेका छन्।

सर्लाहीको लालबन्दी–५, माझी टोलकी आगलागी पीडित रत्नेदेवीलाई उद्धार गर्ने कार्य धुर्मुसवाट भएको छ। छ महिना अघि आगो शरीरमा सल्केर शरीर जलेको र पैसाको अभावमा उपचार गराउन नसकेकी माझीलाई बिहीबार दिउँसो उद्धार गरी बर्दिवासस्थित जनसेवा अस्पतालमा धुर्मुसले भर्ना गराएका हुन्।

आगलागी पीडितको पीडामाथि फेरि बाढीको पीडा थपिएको सुनेर धुर्मुस सुन्तली फाउण्डेसनका अध्यक्षसमेत रहेका सीताराम कट्टेल ‘धुर्मुस’ केहीबेर भक्कानिएका पनि थिए। पूर्णरुपमा शरीर जलेको र पैसाको अभावमा समयमा उपचार गराउन नसकेर जीवन मरणको दोसाँध रहेकी महिलामाथि बाढीले गर्दा अर्को पीडा थपिएको देख्न नसकेर धुर्मुस भक्कानिँदै ती महिलाको उपचारमा जुटेका हुन्।

आगलागी पीडितको पीडामाथि फेरि बाढीको पीडा थपिएको सुनेर धुर्मुस सुन्तली फाउण्डेसनका अध्यक्षसमेत रहेका सीताराम कट्टेल ‘धुर्मुस’ केहीबेर भक्कानिए---
आगलागी पीडितको पीडामाथि फेरि बाढीको पीडा थपिएको सुनेर धुर्मुस सुन्तली फाउण्डेसनका अध्यक्षसमेत रहेका सीताराम कट्टेल ‘धुर्मुस’ केहीबेर भक्कानिए—

राहत सामग्री लिनजान समेत नसकेकी उनको हात, खुट्टा डढेको देखेपछि आफूले वर्षौंअघि दालले पोलेर डेढ महिना थलिएको पीडा सम्झेको धुर्मुसले भनेका छन् । “आगोले पोल्दाको पीडा मैले राम्रोसँग अनुभव गरेको छु, त्यसैले रत्नेदेवीलाई अस्पताल पु¥याएको हुँ”, धुर्मुसले बताएका छन्।

छव्बिस घर परिवारलाई राहत बाँडेर गाँउ घुम्न जानेक्रममा आफूले रत्नेदेवीलाई विचल्ली अवस्थामा भेटेको धुर्मुसको भनाई रहेको छ। पीडित महिलाको हातखुट्टाको नशासमेत खुम्चिसकेको देखेपछि धुर्मुस सुन्तली फाउण्डेशन, बर्दिवासका होटल व्यवसायी हीरा गौतम र मेडिकल टोलीले उनको उपचारका लागि बिहीबार उनलाई अस्पतालमा भर्ना गरेको हो ।

अस्पतालमा उपचारपछि रत्नेदेवी घाउ निको हुने भएपनि खुम्चिएका नशालाई सोझ्याउन भने शल्यक्रिया गर्नुपर्ने डक्टरले बताएका छन् । त्यसका लागि उनलाई केही दिनपछि काठमाडौँ पठाइने फाउण्डेशनका अध्यक्षसमेत रहेका कट्टेलले बताए। राहत सामग्री र मेडिकल टोलीसहित सर्लाही लालबन्दी पुगेका धुर्मुसले त्यस क्षेत्रका २६ बाढी पीडितलाई बिहीबारै राहत वितरण गरेका छन्।

अस्पतालमा उपचारपछि रत्नेदेवी घाउ निको हुने भएपनि खुम्चिएका नशालाई सोझ्याउन भने शल्यक्रिया गर्नुपर्ने डक्टरले बताएका छन् ।
अस्पतालमा उपचारपछि रत्नेदेवी घाउ निको हुने भएपनि खुम्चिएका नशालाई सोझ्याउन भने शल्यक्रिया गर्नुपर्ने डक्टरले बताएका छन् ।

यसभन्दा अगाडि धुर्मुसले महोत्तरीको बर्दिवासमा रु चार करोडको लागतमा मुसहर समुदायका लागि एकीकृत नमुना मुसहर बस्ती निर्माण गरेका थिए ।
प्रकाशन मिति–२०७४ साल भदौ २ गते शुक्रबार ।