काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी निर्वाचनसम्म आफू नै प्रधानमन्त्री रहिरहने प्रष्ट पारेका छन्। आफूलाई आगामी निर्वाचनसम्म पदबाट हटाउन नसकिने प्रष्ट संकेत गर्दै उनले धैर्य गर्न पनि भनेका छन्।

पार्टी एकताका बेला पुष्पकमल दाहाल प्रचण्ड र ओलीबीच आलोपालो सरकारको नेतृत्व गर्ने सहमति भएको र उक्त सहमति पालना हुनुपर्ने प्रचण्डले पटक पटक बताइरहेका सन्दर्भमा प्रधानमन्त्री ओलीले प्रष्ट रुपमा आइतवार प्रष्ट रुपमा प्रतिनिधिसभाको बैठकमा भनेपछि सवै तीन छक्क र अठार दंग खाएका छन्।

प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्रीले ओलीले भने अर्को निर्वाचनपछि मलाई पनि पदमा बसिरहन मन छैन, साथिहरुलाई अर्को निर्वाचनसम्म धैर्य गर्न आग्रह छ भनेर प्रधानमन्त्रीको पालो कुरेर बसेका प्रचण्डको आशामा तुषारापात गरिदिएका छन्। प्रचण्ड निराश बनेर बेकारमा पार्टी एकता गरे भनेर पछुताएको उच्च समाचार स्रोतको भनाई रहेको छ।
प्रकाशन मिति–२०७६ साल भदौ १ गते आइतवार ।