काठमाडौ। अमेरिकाको मोडलिङ क्षेत्रमा ख्याति कमाउंदै आएकी अग्रणी सामाजिक अभियन्ता रिमा केसी ले केही दिनअघि मात्र एक गीतको म्युजिक भिडियोमा अभिनय गरेकी छन्।

नेपालमा गीतको माध्यमवाट आगो बाल्ने गायिकाको उपमा पाएकी गायिका रितु कंडेलको नयाँ गीतको भिडियोमा सामाजिक अभियन्ता रिमा केसीले अभिनय गरेर थप नयाँ आयाम कायम गरेकी हुन्। त्यस गीतको भिडियोमा रिमाको साथमा राहुल केसी, गुराँस,सुम्निमा, निरुपा र चेतनाको पनि अभिनय रहेको छ।

अमेरिकाको मेरिल्याण्ड राज्यको भर्जिनियाको अत्यन्त रमणिय स्थानमा छायाँकन गरिएको यस गीतको भिडियो निर्देशन नविन केसीले गरेका हुन्। छायाँकन नेपालका सुप्रसिद्ध फोटोग्राफर राजीव श्रेष्ठले गरेको हो।

बीरेन्द्र राईको गीत र दीपक सिल्वालको संगीत रहेको गायिका रितु कंडेलको गायनमा रिमाको अभिनय जीवन्त बनेको छ। अमेरिकावाटै यस गीतको भिडियो चांडै रिलिज हुने भएको छ।

https://www.facebook.com/navin.k.kc/videos/10215845742923475/

प्रकाशन मिति–२०७४ साल माघ १३ गते शनिवार ।