• Latest
  • Trending
  • All
  • News
  • Business
  • Politics
  • Science
  • World
  • Lifestyle
  • Tech
आजवाट बडादशैंको शुभारम्भ–घर–घरमा घटस्थापना

आजवाट बडादशैंको शुभारम्भ–घर–घरमा घटस्थापना

21 September 2017
सहयोगी सहकारीको सामाजिक सहयोग

सहयोगी सहकारीको सामाजिक सहयोग

6 February 2023
अमेरिकामा नेपालभाषाको चलचित्र छायाँकन

अमेरिकामा नेपालभाषाको चलचित्र छायाँकन

6 February 2023
भारतमा नेपाली गायकको  सम्मान

भारतमा नेपाली गायकको सम्मान

6 February 2023
कैदीको पत्रमा कमेन्ट

कैदीको पत्रमा कमेन्ट

5 February 2023
जल शाहको ह्याण्डसम बालेन साह

जल शाहको ह्याण्डसम बालेन साह

5 February 2023
मन्त्रीलाई निर्माता संघको मागपत्र

मन्त्रीलाई निर्माता संघको मागपत्र

5 February 2023
पाकिस्तानका पूर्वराष्ट्रपति परवेज मुसर्रफको निधन

पाकिस्तानका पूर्वराष्ट्रपति परवेज मुसर्रफको निधन

5 February 2023
 ‘हेल्लो जिन्दगी’ भारतमा पुरस्कृत

‘हेल्लो जिन्दगी’ सर्वाधिक अन्तर्राष्ट्रिय अवार्ड जित्ने पहिलो नेपाली चलचित्र

5 February 2023
2.0 Chhadke | Official Teaser| Anmol Kc | Robin Tamang | Resha Ale Magar | Ian Scott Clement

2.0 Chhadke | Official Teaser| Anmol Kc | Robin Tamang | Resha Ale Magar | Ian Scott Clement

29 January 2023
सरकार परिवर्तन आवश्यक नभएको प्रचण्ड, सुजाता र रोहितको खुलासा

प्रधानमन्त्री प्रचण्डलाई प्रतिनिधिसभामा विश्वासको प्रचण्ड मत

10 January 2023
‘बेशरम रंग’ बोलको गीतमा धेरै आपत्ति

‘बेशरम रंग’ बोलको गीतमा धेरै आपत्ति

5 January 2023

Rap group call out publication for using their image in place of ‘gang’

4 January 2023
  • Contact Us
  • Advertisement I बिज्ञापन
Monday, February 6, 2023
  • Login
VisionSansar.com
  • Home
  • Our Productions
  • Movies
    • Nepali Movies
    • Hindi Movies
    • Trailers
      • Nepali Movie Trailers
      • English Movie Trailers
      • Hindi Movie Trailers
  • TV Shows
    • Comedy
    • Drama
    • Interview
    • Discussion
    • Drama
    • reality
    • Film Show
  • Celebrities
  • Events
  • Podcast
    • Guffishop
  • Kaidi Ko Patra
  • News
    • Crime
    • Political
    • Religious
    • Social
    • Technology
    • Entertainment
    • Fashion
  • Music
    • Nepali Music
      • Lok Dohari
    • Hindi Music
No Result
View All Result
VisionSansar.com
No Result
View All Result
Home Religious

आजवाट बडादशैंको शुभारम्भ–घर–घरमा घटस्थापना

by Shyam Smrit
21 September 2017
in Religious
0
आजवाट बडादशैंको शुभारम्भ–घर–घरमा घटस्थापना
491
SHARES
1.4k
VIEWS
Share on FacebookShare on Twitter

Ghatsthapana 1

काठमाडौ। आजवाट यो बर्षको महान पर्व बडा दशैं प्रारम्भ भएको छ। आज दशैंको पहिलो दिन घटस्थापना परेको छ। विहानै घर–घरमा घटस्थापना गरेर दशैंको आगमनलाई स्वागत गर्ने कार्य भएको छ। अर्कोतर्फ यस वर्षको दुर्गा पक्ष तिथि घटबढ नभई १५ दिनकै भएकाले शक्तिको साधनाका लागि राम्रो योग परेको छ।

विगत वर्षमा कुनै तिथि घटबढ हुँदा दुर्गा पक्ष १४ दिन वा त्योभन्दा पनि कम हुने गर्दथ्या्े । यस वर्ष १५ दिनको दशैँ भएकाले देवीको आराधना गर्नका लागि राम्रो अवसर जुटेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ। आजैदेखि दशैँ घरमा शक्तिकी अधिष्ठात्री देवी दुर्गाको आह्वान गरी पूजा आरम्भ भएको छ।

Ghatsthapana 2आज बिहानै नित्यकर्म समाप्त गरी नजिकको नदी वा चोखो स्थलबाट बालुवा अथवा माटो ल्याई गाईको गोबरले लिपपोत गरिएको पूजा कोठा अथवा दशैँ घरमा विधिपूर्वक राखेर त्यसमाथि जौ रोप्ने गरिन्छ। यसलाई जमरा राख्ने पनि भनिन्छ । जौको अंकुर दुर्गा देवीको प्रिय वस्तु मानिन्छ। आज जौं रोपण गरी दुर्गालाई चढाएर विजया दशमीको दिन टीका प्रसादका साथमा समृद्धिको प्रतीक पहेँलो जमरा लगाइन्छ।

घडामाथि शक्तिस्वरुपा दुर्गाको पूजा आराधना गरिने भएकाले आजको दिनलाई घटस्थापना भन्ने गरिएको हो। आज स्थापना गरिएको पूर्ण कलशको जलले अभिषेक गरी विजया दशमीका दिनमा दुर्गा देवीको प्रसाद लगाइन्छ। आज घटस्थापनाको साइत बिहान ९ बजेर ४१ मिनेटमा शुभ रहेको छ।

दुर्गा देवीका तीन वटा रुप महाकाली, महालक्ष्मी र महासरस्वतीको नवरात्रभर विधिपूर्वक आह्वान गरी पूजा गरिन्छ । महाकाली शक्तिको प्रतीक, महालक्ष्मी धनधान्य र ऐश्वर्यको प्रतीक एवं महासरस्वतीलाई विद्या तथा बुद्धिको प्रतीकका रुपमा पूजाआजा एवं आराधना गर्ने परम्परा नेपाली समाजमा छ।

Ghatsthapana 3दुर्गाले आसुरी प्रवृत्तिको प्रतीकका रुपमा रहेका चण्ड, मुण्ड, शुम्भ, निशुम्भ र रक्तवीज लगायतका राक्षसलाई बध गर्न लिएका नौ वटा रुपको दुर्गा पक्षका अवसरमा विशेष पूजाआजा र आरधना हुन्छ। आश्विन शुक्ल प्रतिपदादेखि पूर्णिमासम्मको १५ दिनलाई दुर्गा पक्ष भनिन्छ।

यो पक्षको पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौँ दिन स्कन्दमाता, छैटौँ दिन कात्यायनी, सातौँ दिन कालरात्रि, आठौँ दिन महागौरी, र नवौँ दिन सिद्धिदात्रीको पूजा आराधना गरिन्छ । नौ वटा दुर्गाका रुपलाई नवदुर्गा पनि भन्ने गरिन्छ ।

दुर्गाको प्रतीकका रुपमा आजको दिनदेखि महानवमीसम्म प्रत्येक दिन फरकफरक गरी नौवटी कन्याको पूजा गरिन्छ । यसरी पूजा गरिने कन्या दुई वर्ष माथिका हुनुपर्ने शास्त्रीय विधान छ । वडादशैँको सातौँ दिन धार्मिक विधिअनुसार फूलपाती भित्र्याइन्छ भने महाअष्टमी र महानवमीका दिन बलि पूजा गर्नेले दशैँ घर, कोत र शक्ति पीठमा बलिसहित विशेष पूजा गर्दछन् ।

नवरात्रभर दुर्गा सप्तशती चण्डी, श्रीमद्देवी भागवत र अन्य देवी स्तोत्र एवं स्तुतिको पाठ गरिन्छ । यसअवसरमा नक्साल भगवती, शोभा भगवती, नाला भगवती, पलाञ्चोक भगवतीलगायत देशभरका शक्तिपीठमा पूजा आराधना एवं दर्शन गर्ने भक्तजनको भीड लाग्छ। 

आज विधिपूर्वक घरघरमा आह्वान गरी पूजा आराधना गरिने दुर्गा देवीलाई असोज १४ गते विजयादशमीका दिन बिसर्जन गरी मान्यजनबाट प्रसादका रुपमा टीका, जमरा र पूmल प्रसाद ग्रहण गर्ने गरिन्छ । असोज १४ गते देवी बिसर्जनको साइत बिहान ८ः०० बजेर एक मिनेटमा रहेको समितिले जनाएको छ । टीका प्रसाद ग्रहण गर्न साइत खोज्नेका लागि भने असोज १४ गते ११ बजेर ५५ मिनेटको साइत उत्तम रहेको छ।

विजया दशमीदेखि कोजाग्रत पूर्णिमाका दिनसम्म आफ्ना मान्यजनबाट देवीको प्रसाद र आशीर्वाद ग्रहण गरिन्छ। पूर्णिमाका दिन धनधान्यकी प्रतीक महालक्ष्मीको व्रत बसी रात्रिमा जाग्राम रहेर पूजा लगाई धन ऐश्वर्यप्राप्तिको कामना गरिन्छ । यस दिन जाग्राम बस्ने मानिसलाई लक्ष्मीले धनधान्य दिई सम्पन्न बनाइदिने धार्मिक विश्वास छ।

आजको दिन घटस्थापना गरेर राखेको जमरा कोजाग्रत पूर्णिमाकै दिन चोखो स्थानमा लगी बिसर्जन गरिन्छ । परम्पराअनुसार काठमाडौँको हनुमानढोका दरबारमा रहेको दशैँ घरमा आजैदेखि वैदिक विधिअनुसार जमरा राखी शक्तिस्वरुपा दुर्गा देवीको पूजा आराधना शुरु हुन्छ।
प्रकाशन मिति–२०७४ साल असोज ५ गते विहीवार ।

Tags: Bada DashainGhatsthapanaआजवाट बडादशैंको शुभारम्भ–घर–घरमा घटस्थापना
Share196Tweet123Share49
Shyam Smrit

Shyam Smrit

  • Trending
  • Comments
  • Latest
भारतमा नेपाली गायकको  सम्मान

भारतमा नेपाली गायकको सम्मान

6 February 2023
कैदीको पत्रमा कमेन्ट

कैदीको पत्रमा कमेन्ट

5 February 2023
जल शाहको ह्याण्डसम बालेन साह

जल शाहको ह्याण्डसम बालेन साह

5 February 2023

Hello world!

57576
बर्षभरि नेपालभाषा फिल्म महोत्सव हुने

बर्षभरि नेपालभाषा फिल्म महोत्सव हुने

40339
Namaste Europe – Episode 183

Namaste Europe – Episode 183

39759
सहयोगी सहकारीको सामाजिक सहयोग

सहयोगी सहकारीको सामाजिक सहयोग

6 February 2023
अमेरिकामा नेपालभाषाको चलचित्र छायाँकन

अमेरिकामा नेपालभाषाको चलचित्र छायाँकन

6 February 2023
भारतमा नेपाली गायकको  सम्मान

भारतमा नेपाली गायकको सम्मान

6 February 2023
VisionSansar.com

Copyright © 2023 VisionSansar.

Navigate Site

  • About
  • Advertise
  • Privacy & Policy
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • World
    • Science
  • Entertainment
    • Gaming
    • Music
    • Movie
    • Sports
  • Tech
    • Apps
    • Gear
    • Mobile
    • Startup
  • Lifestyle
    • Food
    • Fashion
    • Health
    • Travel

Copyright © 2023 VisionSansar.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In