काठमाडौ। आज मार्च महिनाको ८ तारिख । १ सय ७ औं अन्तरराष्ट्रिय महिला दिवस परेको छ। प्रत्येक वर्ष मार्च ८ मा मनाउने अन्तराष्ट्रिय महिला दिवस महिला जागरूकतासम्बन्धी दिवसको रुपमा पनि मनाइने गरेको छ। राजनीतिक तवरबाट शुरु भएको भएतापनि हाल महिला अधिकार, महिला सशक्तीकरण र समानता आदि सवालहरू अन्तर्राष्ट्रिय महिला दिवस मनाउन थालिएको हो।

International Women Day1
महिलाको हक अधिकारका साथै सामाजिक, आर्थिक, राजनैतिक तथा सांस्कृतिक विकासका लागि आवाज उठाउने दिनको स्वमरण गर्दै विश्वव्यापी रुपमा यो दिवस बनाउने गरिन्छ । संयुक्त राष्ट्र सङ्घले सन् २०३० सम्मका लागि पारित गरेको दिगो विकासका लक्ष्यहरुको प्रभावकारी कार्यान्वयनमा जोड दिदै यस वर्ष मनाउन लागेको अन्तर्राष्ट्रिय महिला दिवसको नारा ‘बदलिंदो परिवेशमा कामकाजी महिला सन् २०३० सम्म बराबरी पाइला’ भन्ने रहेको छ ।

यो वर्षको राष्ट्रिय नारा ‘महिला सम्मानको आधारः सीपयुक्त हात र स्वरोजगार’ रहेको छ । नेपाल सरकारले पनि यो दिवसलाई प्राथमिकता दिएर विभिन्न कार्यक्रमको आयोजना गरिरहेको छ । संयुक्त राज्य अमेरिकाको सोसलिस्ट पार्टीले सन १९०९ फेब्रुवरी २८ मा सर्वप्रथम महिला दिवसको आयोजना गरेको थियो।

सो पार्टीले सन् १९०८ को अन्तर्राष्ट्रिय महिला कपडा कामदारको आन्दोलनको स्मरणमा सन् १९०९ फेब्रुवरी २८ का दिन महिला दिवस मनाउन थालियो । त्यहीबेला अमेरिकाको न्युयोर्क शहरबाट समान कामको समान ज्यालाको आन्दोलन भयो। सन् १९१० मा सोसलिस्ट इन्टरनेशनलको कोपेनहेगनको सम्मेलनमा गरेको थियो। त्यो सम्मेलनबाट अन्तर्राष्ट्रिय रुपमा मार्च ८ मा अन्तर्राष्ट्रिय महिला दिवस मनाउन थालिएको हो।

International Women Dayप्रकाशन मिति–२०७३ साल फागुन २५ गते बुधवार ।