काठमाडौं। यमपञ्चकको चौथो दिन आज गाई तिहारे औंसी परेको छ। हिन्दू धर्मालम्बीहरुले गाईतिहारमा गाईलाई पूजा गर्ने गरेका छन्।

घरमा गाई भएकाहरुले घरमै र नभएकाले गौशाला र अरुको घरमै गएर गाई पूजा गर्ने प्रचलन रहेको छ। हरेक वर्ष जस्तै आज पशुपति क्षेत्रमा पनि सामूहिकरुपमा विधिपूर्वक गाई पूजा गरिएको छ।

हिन्दू धर्ममा सर्वगुण सम्पन्न गाईलाई माताका रुपमा लिने गरिन्छ।
प्रकाशन मिति–२०७९ साल कात्तिक ८ गते मंगलवार ।