कविता–

गुरु पूर्णिमा 🌺🍀🍁🌼🌹

–सनत कुमार थापा

जुन सुकै पेशा अनि ब्यबसायमा लाग्नेहरू ।
शिक्षा विना अगाडि बढ्न सक्दैनौ हामीहरू।।

आज गुरूलाई संझने महत्वपुर्ण दिनमा।
श्रद्धा भक्ती ब्यक्त गरौं उहाँको चरणमा।।

आजको यो पुनित एवं मंगलमय शुभ दिनमा।
सद्बुद्धि पलाओस सबै जिम्वेवार ब्यक्तिहरूमा।।

पहिलो गुरू हामी सबैको हुन है माता पिता।
आफुले खाई नखाई गर्छन सन्ततीको चिन्ता।।

गुरूहरू प्रति देखाऊ तिमी सधै श्रद्धा र भक्ति।
अनि मात्र हुनेछ जिवनमा सफलता र उन्नति।।

सबै शिष्य अनि अनुजहरूलाई मंगलमय शुभकामना।
मनाउ हामी सबैले श्रद्धा भक्ति पूर्वक आज गुरू पूर्णिमा।।

प्रकाशन मिति–२०७८ साल साउन ९ गते शनिवार ।