Chaite Dashainकाठमाडौ। नेपालमा दुई पटक दशैं मनाउने गरिन्छ। एक पटक ठूलो दशैको रुपमा आश्विन महिनामा र अर्को दशैं चैत्र महिनामा मनाइने गर्दैआएको छ। यसै क्रममा आज मंगलवार चैते दशैं परेको छ।

शक्तिस्वरुपा देवी भगवतीको पूजा आराधना गरी हिन्दूहरुले यस पर्वलाई मनाउने कार्य गरेका छन्। चैते दशैं हरेक वर्षको चैत शुक्ल अष्टमीका दिन मनाउने गरिन्छ। आसुरी शक्तिमाथि दैवीशक्तिको जित तथा असत्यमाथि सत्यको विजयका रुपमा यस पर्वलाई मनाउने गरिएको छ ।

यस दिन घरघर र देवीका मन्दिरमा देवीभागवत, कालिका पुराणलगायत स्तोत्र पाठ गरिन्छ । चैते दशैंको दिन काठमाडौंको दक्षिणकाली, शोभाभगवती, गुहेश्वरी, नक्साल भगवती, संकटा, कालिकास्थानका साथै गोरखाको मनकामना, गोरखकाली, काभ्रेको पलाञ्चोक भगवती, पोखराको विन्धबासिनीलगायत देशभरका शक्तिपीठहरुमा बिहानैदेखि दर्शनार्थीको घुइँचो लागेको छ।
प्रकाशन मिति–२०७३ साल चैत्र २३ गते मंगलवार ।