happy-crismass-2

काठमाडौ। डिसेम्बर महिनाको २५ तारिख आज आइतवार इसाई धर्माबलम्बीहरुको महान पर्व मेरी क्रिसमस परेको छ। नेपालमा पनि इसाई धर्माबलम्बीहरुले विभिन्न कार्यक्रम गरेर धुमधामकासाथ मनाउने कार्य भैरहेको छ।

दुई हजार १६ वर्षअघि जेरुसेलमको बेथलेहममा येशुको जन्म भएको थियो। कुमारी मारियमको कोखबाट येशुको जन्म भएको हो। येशुलाई जिजस क्राइष्ट पनि भनिन्छ। येशुले मानव समुदायका लागि पु¥याएको योगदानको सम्झनामा इस्वी संवत् चलाइएको विश्वास गरिन्छ।

पछिल्ला दिनमा नेपालमा पनि यो धर्म अँगाल्नेहरु बढेका छन्। अहिले नेपालमा आठ हजार पाँच सय गिर्जाघर र ३० लाखभन्दा बढी क्रिश्चियन धर्मावलम्बी रहेको दावी गरिन्छ। यो पर्व मनाउन सरकारले विसं २०६४ पछि डिसेम्बर २५ का दिन सार्वजनिक बिदा दिँदै आएको छ । आजपनि सरकारले सार्वजनिक विदाको घोषणा गरेको छ।

यस अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले शुभकामना दिँदै नेपालीबीच बन्धुत्व, प्रेम र एकताको भावना बढाई शान्त, समुन्नत नेपाल बनाउन सबैमा प्रेरणा प्राप्त होस् भन्ने कामना गरेकी छन्। प्रधानमन्त्री पुष्पकमल दाहालले देश तथा विदेशमा रहेका सबै नेपालीमा शुभकामना सन्देश दिँदै ख्रीष्टियन समुदायबाट संविधान कार्यान्वयन र समृद्धिको अभियानमा बलियो साथ र सहयोगको अपेक्षा गरेका छन्।
प्रकाशन मिति–२०७३ साल पुष १० गते आइतवार ।