–सुनकुमार अवाल  

काठमाडौं। नेपालमा लकडाउन भएको पनि आज मिति २०७७ साल असार १७ गते मंगलवारवाट १०० दिन पुगेको छ। कोरोनाभाइरस (कोभिड–१९) को महामारीका कारण जारी लकडाउन नेपालमा आजवाट १०० दिन पुगेको हो।

गत चैत ११ गतेवाट जारी लकडाउनको पूर्ण पालना गरेर घरको आँगनसम्म पनि वाहिर ननिस्किेका अग्रज शिक्षासेवी मुकुन्दप्रसाद श्रेष्ठ लकडाउनको १०० दिनमा घरवाट निस्केका छन्। लकडाउनको १०० दिनसम्म पूर्णपालना गर्ने शिक्षासेवी श्रेष्ठले १०० दिनको पहिलो घामको झुल्कोसंगै काठमाडौं महानगरपालिका वडा नंबर ३२ कोटेश्वर भाटभटेनी पछाडि दीपनगर निवासवाट निस्केर बालकुमारी रोडसम्म मर्निङवाक गरेर घर फर्केका छन्।

१०० दिनमा लकडाउनलाई पूर्ण पालना गरेर पहिलो पल्ट मर्निङवाक गर्दा नयाँपन अनुभव भएको बताएका छन्। यसो भएतापनि नेपालमा कोरोनाभाइरस (कोभिड–१९) को महामारी संक्रमण कायमै भएकोमा दुःख लागेको वताउने शिक्षासेवी श्रेष्ठले सामाजिक दूरी कायम गरेर मुखमा माक्सको प्रयोग र वाहिरवाट कही कतै गएर फर्केको लगतै मिचीमिची सावुन पानीले हात धुने तथा स्यानिटाइजर लगाउने कार्य गर्न र गराउन सवैलाई आग्रह गरेका छन्।

लकडाउनको १०० दिनका दिन छोटो दूरीमा मर्निङवाक गर्नमा परिवारको पूर्ण अनुमति लिएर मात्र गरेको वताउने शिक्षासेवी श्रेष्ठले अवका दिनमा पनि अत्यावश्यक काम नपरिकन घरवाट वाहिर ननिस्कने प्रतिबद्धता जनाएका छन्। नेपालमा ४५ बर्ष लामो शिक्षा क्षेत्रमा शिक्षा सेवी श्रेष्ठको योगदान रहेको छ। श्रेष्ठ विभिन्न सामाजिक संस्थाहरुमा प्रेरक र अगुवा तथा विशेष सल्लाहकारका रुपमा कार्यरत रहेका छन्।

प्रकाशन मिति–२०७७ साल असार १७ गते बुधवार ।