shweta-khadka-in-dashain-5काठमाडौ। आश्विन शुक्ल पूर्णिमाका दिनलाई कोजाग्रत पूर्णिमा भन्ने गरिन्छ। यसै कोजाग्रत पूर्णिमा बडादशैंको अन्तिम दिन पनि हो। आज कोजाग्रत पूर्णिमाका दिन यस वर्षको वडादशैं समापन हुँदैछ।

dashain-tika-1

आज घटस्थापनाका दिन राखिएको जमरा तथा टीकालाई बिसर्जन गरेर बडादशैं समापन गरिने प्रचलन छ ।

आज रातभर जाग्राम रहेर दीपावली गर्दा दीपावली भएको घरमा लक्ष्मीको बास भई धनधान्यले पूर्ण बनाउँछिन् भनेर रातभर दीपावली गरेर जाग्राम बस्ने चलन पनि रहेको छ।

यसो भएकाले पनि आजको यो दिनलाई कोजाग्रत पूर्णिमा भनिएको हो । यस रात जाग्राम बसेका मानिसका घरमा पृथ्वी भ्रमण गर्दै हिँडेकी महालक्ष्मी प्रवेश गरी धन, ऐश्वर्य दिई सम्पन्न बनाउँछिन् भन्ने धार्मिक विश्वास छ ।

dashain-1माता दुर्गाका तीन रुपमध्ये एक महालक्ष्मीको पूजा गरेर दुर्गा पक्षलाई बिदा गरिन्छ । नवरात्र विजयादशमीकै दिन सकिने भए पनि दुर्गा पक्ष भने आश्विन शुक्ल पूर्णिमाका दिनमा समाप्त हुन्छ ।
प्रकाशन मिति–२०७४ साल असोज १९ गते विहीवार ।