Earth & Sun 2काठमाडौ। आज मंगलवार यो बर्षकै छोटो दिन मानिएको छ। खगोलशास्त्र अनुसार पृथ्वीले सूर्यको परिक्रमा गर्दा आज बर्षकै छोटो दिन र रात लामो हुने मानिएको छ।

सूर्य उत्तरायण हुने भएकोले पनि दिन बर्षकै छोटो हुन पुगेको हो। दिन छोटो भएपछि स्वभाविक रुपमा रात लामो हुने खगोशास्त्रीहरुको भनाई रहेको छ। सूर्य पृथ्वीको उत्तरी गोलार्धमा लाग्दा दिन छोटो हुने गर्छ । दक्षिणी गोलार्धमा पुगेपछि दिन लामो हुने गर्छ।

Earth & Sun 3

भोलि बुधवारबाट दिन क्रमशः लामो हुंदैजाने र २१ जुनको दिन बर्षकै सवैभन्दा लामो दिन हुने ज्योतिषशास्त्री डा.सुनिल सिटौलाले भनेका छन्।

उत्तरी गोलार्द्धमा पर्ने एसिया, युरोप, उत्तर अमेरिका लागि आज सबैभन्दा छोटो दिन हो। अनि दक्षिणी गोलार्द्धमा पर्ने अष्ट्रेलिया, अफ्रिका र दक्षिण अमेरिकाको सबैभन्दा लामो दिन हुन्छ। अफ्रिका महादेशलाई भुमध्य रेखाले बीचमा चिरेर दुई भाग लगाएको छ। तरपनि अफ्रिकाका ठूला एवं महत्वपूर्ण शहरहरु दक्षिणी गोलार्द्धमै पर्छन।

प्रकाशन मिति–२०७२ साल पुष ७ गते मंगलबार ।