surya-garan

काठमाडौ। आज बुधवार खण्डग्रास सूर्यग्रहण परेको छ। नेपालमा आजको सूर्यग्रहण नेपाली समयअनुसार विहान ७ बजेर २ मिनेटसम्म देख्न पाइने भएको छ। विहान ६ बजेर १९ मिनेटमा शुरु भएर ७ बजेर २ मिनेटमा सकिने जानकारी ज्योतिष सुनिल सिटौलाले बताएका छन्।

ज्योतिष गणना अनुसार विहान ५ बजेर ५६ मिनेट देखि सूर्यग्रहण लाग्ने भएतापनि यसलाई सूर्य उदाएपछि माथि नेपालमा देख्न सकिने भएकोले ६ बजेर १९ मिनेटमा मात्र नेपालमा देख्न सकिने भएको छ। प्रचलित ज्योतिष अनुसार ग्रहण लाग्दा चन्द्रमा पुर्वभाद्रपदा नक्षत्र कुम्भ राशीमा भ्रमण गर्दैहुनेछ। जसलाई आधार बनाएर फल बताउँदा पूर्वभाद्रपदा नक्षत्र एवम कुम्भ राशी भएका व्यक्तिहरुलाई अती कस्ट पुग्ने भन्न सकिन्छ।

यस्तो समयमा दान दक्षिणा, इस्वर आराधना गर्नुपर्छ। अन्य राशीहरुका लागि भने मेष लाई लाभ, बृष लाई सुख, मिथुनलाई मान नाश, कर्कटलाई कष्ट, सिहलाई स्त्रिपिडा, कन्यालाई सुख, तुलालाई चिन्ता, बृश्चिकलाई व्याथा, धनुलाई श्रीप्राप्ती, मकरलाई क्षति, कुम्भलाई घात र मिनराशीलाई व्यय फल प्राप्त हुने हुन्छ।

grahanधार्मिक मान्यता अनुसार ग्रहणको समयमा मैथुन, भोजन गर्नुहुँदैन । त्यस्तै सुत्नु एवम गर्भवती महिला बाहिर निस्कनुहुँदैन। यो ग्रहण जल तत्वराशिमा परेको छ। सम्हिता ज्योतिष अशुभ मान्दछ। जसको फल भूकम्प, सुनामी आउनेदेखि प्रसिद्ध व्यक्तिको हत्या एवम मृत्यु हुन सक्ने बताउँछ।

प्रकाशन मिति–२०७२ साल फागुन २६ गते बुधवार ।
प्रकाशन समय–विहान ४.१५ बजे ।