Dharahara 1काठमाडौ। नेपालमा विनाशकारी भूकम्प गएको आज बैशाख १२ गतेवाट एक बर्ष पूरा भएको छ। गत बर्ष आजैको दिन बैशाख १२ गते गोरखाको बारपाक केन्द्रविन्दू बनाएर ७ दशमलव ८ रेक्टर स्केलको विनाशकारी भूकम्पले नौ हजारभन्दा बढी नेपालीको ज्यान लिएको थियो।

१८ हजारभन्दा बढीलाई घाइते बनाएको यो दिन निक्कै दुःखदायी र त्रासिय दिनको रुपमा मानिन्छ। गत वर्षको जस्तो दिन कहिले पनि नेपालमा नहोस् भन्ने सवैको कामना रहेको छ। गत बर्षको बैशाख १२ गतेको भूकम्पवाट नेपालको १४ जिल्ला अतिप्रभावित बनेको थियो। त्यसको असर ३१ जिल्लामा पनि परेको थियो।

Pawan Joshi's Earthquake film shooting 7

नीजि घर तथा सरकारी भवन गरेर करिब नौ लाख घर तथा भवन काम नलाग्ने गरेर भत्किएको थियो। आजको दिनसम्ममा निरन्तर विनाशकारी भूकम्पको निरन्तर पराकम्प आइरहेको छ। बर्षभरमा साना तथा ठूला गरेर ३० हजारभन्दा बढी पराकम्प गैसकेको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ। ४ रेक्टर स्केल माथिका ४ सय ४९ वटा पराकम्प गैसकेको छ।
प्रकाशन मिति–२०७३ साल बैशाख १२ गते आइतवार ।