काठमाडौ। भातृप्रेमको महान पर्वको रुपमा भाइटीकालाई लिइने गरिन्छ। आज तिहारको अन्तिम दिन अर्थात भाइटीका ! दाजुभाइ र दिदीबहिनीको अमर साइनो प्रतिक भाइटीका नेपालीहरुको आत्मिय पर्व हो।

Bhai Teeka- Great festival of Nepal.
Bhai Teeka- Great festival of Nepal.

यस पर्वमा दिदीबहिनीले दाजुभाइलाई टीका लगाइदिएर अमर हुने आशिष दिने प्रचलन रहेको छ। आजको दिन यमराज पनि हार्ने दिनको रुपमा लिइन्छ। यदि कुनै दाजुभाइको मृत्यु नजिक आइसकेको छ भने पनि दिदीबहिनीले त्यस मृत्युलाई रोक्ने कार्य गर्दछ भन्ने हिन्दू परम्पराको उखान रहेको छ।

यस दिन मृत्युको महाराज यमराज पनि फुर्सदमा बसेर आफ्नी बहिनी यमुनाको हातवाट टीका लाउन बस्ने भएकोले दाजुभाइ भएका दिदीबहिनीका दाजुभाइलाई यमराजले पनि खोसेर लग्दैन भन्ने उखान रहेको छ।

भातृप्रेमको अमूर्त यो परम्परामा स्वदेशमा तथा विदेशमा रहेका नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुले यो पर्वलाई अत्यन्त महत्वकासाथ मनाइने गर्दछन्। आज भाइटीकाको उत्तम साइत मध्यान्ह ११ बजेर ५२ मिनेट रहेको छ।

यसपछि जुनसुकै समयमा पनि लाउन मिल्ने नेपाल पञ्चांग निर्णायक समितिले भनेको छ। भाइटीका लगाइदिदा दिदीबहिनी पूर्वदिशामा फर्कने र टीका थाप्ने दाजुभाइ पश्चिम दिशामा फर्केर टीका लाउनु उत्तम हुने पनि समितिले भनेको छ।
प्रकाशन मिति–२०७३ साल कात्तिक १६ गते मंगलवार । नेपाल संवत ११३७ कछला दुतिया ।