Makar Sangranti 1काठमाडौ। आज माघ १ गते माघे संक्रान्ति अर्थात मकर संक्रान्ति पर्व परेको छ। यस पर्व देशभरका नदी, दोभान तथा त्रिवेणीमा विहानैवाट स्नान गर्ने तथा देव मन्दिरहरुमा पूजापाठ गरिएको छ।

त्यसको अलावा घ्यू–चाकु, तिलको लड्डु र तरुल खाएर यस पर्वलाई रौनकको रुपमा मनाउने प्रचलन रहेको छ। शरीरमा तेल घस्ने तथा चेलीबेटीलाई माइतिले तेल लाइदिने अर्को  प्रचलन पनि रहेको छ।

Makar Sangranti 2

ज्योतिष शास्त्रका अनुसार सौर तिथिका हिसावले आजैदेखि सूर्य धनु राशीवाट मकर राशीमा प्रवेश गरी उत्तरायण हुने गर्दछ। यसले गर्दा यस पर्वलाई मकर संक्रान्ति पनि भन्ने गरिएको हो।

आजको दिन चितवनको देवघाट, गुल्मी र पाल्पाको संगमस्थल रिडी, नुवाकोट–रसुवा सीमाको उत्तरगया बेत्रावती लगायतमा माघे संक्रान्ति मेला लागेको छ।
प्रकाशन मिति–२०७३ साल माघ १ गते शनिवार ।