काठमाडौं। आज मे १ तारिख अर्थात अन्तर्राष्ट्रिय मजदुर दिवस । आजको दिनलाई अन्तर्राष्ट्रिय श्रमिक दिवसका रुपमा विश्वभर मनाउने कार्य हुंदैआएको छ। आजको दिनलाई अन्तर्राष्ट्रिय श्रमिक आन्दोलनको उत्सवको रूपमा मनाउने गरिएको छ।

सन् १८८९ मा फ्रान्सको पेरिसमा सम्पन्न विश्वका श्रम सङ्गठन एवम् श्रमिक नेताको बैठकले अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाउने निर्णय गरेको हो। नेपालमा विराटनगरमा विसं.२००७ सालमा मजदुर आन्दोलनसँगै मे दिवस मनाइन थालिएको इतिहास रहेको छ।

गतवर्ष जस्तै यसवर्ष पनि कोरोना संक्रमणका कारण मे दिवसका कार्यक्रमहरु औपचारिकतामा मात्रै सिमित गरिएका छन् ।
प्रकाशन मिति–२०७८ साल बैशाख १८ गते शनिवार ।