काठमाडौ। आज विश्व धुम्रपान तथा सुर्तीरहित दिवस । सुर्तीजन्य पदार्थले मानव स्वास्थ्यमा पार्ने नकारात्मक असरबारे सन्देश दिंदै विश्वभर विश्व धुम्रपान तथा सुर्तीरहित दिवस मनाउने कार्य भएको छ।

धुमपानका कारण हुने क्षति न्यूनीकरण र सुर्तीजन्य पदार्थको नियन्त्रण गर्ने उद्देश्यले विश्व स्वास्थ्य संगठन (डब्लु.एच.ओ) को आव्हानमा प्रत्येक वर्ष मे ३१ तारिखमा विश्वभर यो दिवस मनाउने गरिन्छ।

यसवर्षको नारा ‘सुर्तीजन्य पदार्थले मुटु बिगार्छ। सुर्ती छाडौं, स्वास्थ्य रोजौं’ भन्ने तय गरिएको छ। सुर्तीजन्य पदार्थको सेवनले मानव स्वास्थ्यको मुुटमा पार्ने असरबारे चेतना फैलाउने लक्ष्य यस वर्षको विश्व धुमपानरहीत दिवसको रहेको छ।

विश्व सस्थ्य संगठनका अनुसार विश्वमा मुटु रोगबाट ज्यान गुमाएकाहरुमध्ये १० प्रतिशतभन्दा बढीको मृत्युको कारण सुर्तीजन्य पदार्थको सेवन हुनेगरेको छ। विश्वमा हरेक वर्ष ७० लाखभन्दा बढी मानिस सुर्तीजन्य पदार्थको सेवनबाट मृत्युको मुखमा पुग्ने गरेको संगठनको तथ्यांक छ।

नेपालको तथ्याङकमा भने ४९ प्रतिशत पुरुष र २९ प्रतिशत महिलाले सुर्तीजन्य पदार्थको प्रयोग गर्ने गरेको पाइएको छ।


प्रकाशन मिति–२०७५ साल जेठ १७ गते विहीवार ।