काठमाडौं। ‘एचआईभीको जाँच गराऔँ, आफ्नो अवस्था थाहा पाऔँ’ भन्ने नाराका साथ आज शनिवार मंसीर १५ गते ३१ औँ विश्व एड्स दिवस मनाउने कार्य भैरहेको छ।

यो दिवसलाई एचआईभी संक्रमित तथा प्रभावितलाई निरन्तर सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्ने दिनको रुपमा मनाउने गरिन्छ। विश्वले नै सन् २०३० सम्ममा एड्सको महामारीलाई अन्त्य गर्ने लक्ष्य लिएको छ।

नेपालमा सन् २०१० को तुलनामा २०१७ सम्ममा एचआईभी संक्रमितको संख्या ६१ प्रतिशतले घटेको तथा ६३ प्रतिशतले बच्चामा हुने नयाँ संक्रमणमा कमी आएको राष्टिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्रले जनाएको छ।

यसैगरी एड्सको कारण ज्यान गुमाउनेको संख्या २३ प्रतिशतले घटेको छ। सङ्क्रमण सुईद्वारा लागुपदार्थ प्रयोग गर्ने, यौनकर्मी पुरुष समलिङ्गी तथा तेस्रोलिङ्गी, कामका लागि विदेशिने र जेलका कैदी सङ्क्रमणको उच्च जोखिममा छन् ।

जनचेतनाको कमी र सुरक्षा अपनाउने साधनको सावधानीपूर्वक प्रयोग नगर्दा यस्तो जोखिम बढेको केन्द्रले जनाएको छ । नेपालमा एड्स रोगको निशुल्क औषधि पाइन्छ। तर धेरैले निशुल्क औषधिबारे थाहा नपाउँदा उपचारको पहुँचमा पुग्न सकेका छैनन्।


प्रकाशन मिति–२०७५ साल मंसीर १५ गते शनिवार ।