काठमाडौ। नेपालका इन्टरनेशनल कोरियोग्राफर राज फैजुको कोरियोग्राफी तथा रेडियन्ट इभेन्ट म्यानेजमेन्ट एजेन्सीको आयोजनामा आठौं लिटिल प्रिन्स एन्ड प्रिन्सेस २०१८ संपन्न भएको छ।

यस वर्षको लिटिल प्रिन्सेसको क्राउन सुप्रिया महर्जनले जितेकी छन् । लिटिल प्रिन्सको क्राउन नमन मित्तलले जिते । लिटिल प्रिन्स एन्ड प्रिन्सेसको आठौं संस्करणमा लिटिल प्रिन्सेस तर्फ फस्ट रनरअपमा प्राप्या पोखरेल र सेकेण्ड रनरअपमा प्राश्ना गिरी पर्न सफल भए। त्यसैगरी लिटिल प्रिन्सतर्फ सुसान्त सुवेदी फस्ट रनरअप र जेनिस श्रेष्ठ सेकेण्ड रनरअप बनेका छन्।

प्रतियोगीतामा बेस्ट ट्यालेन्टको साथमा बेस्ट ड्रेसको पुरस्कार भने प्राप्तिका तामाङले जितिन् । यसैगरी प्रतियोगीहरुलाई बेस्ट फोटोजेनिक, इनर्जेटिक, डिसिप्लिन, चार्मिङ, बेस्ट वाल्क, भ्यूअर्स च्वाइस लगायत विभिन्न २२ विधामा समेत पुरस्कृत गरिएको थियो।

प्रतियोगितामा ९ देखि १२ वर्ष उमेर समूहका २१ वालवालिकाको सहभागीता थियो । यस प्रतियोगिताका क्राउन विजेताले अन्तर्राष्ट्रिय स्पर्धामा समेत भाग लिन पाउने भएका छन्।

चलचित्र अभिनेता एवम् निर्माता नवल खड्का, गायक पुन्यम प्रधान, समीर हमाल, सिताराम पोखरेल, पत्रकार निलिमा श्रेष्ठ मास्के, पुनम भट्ट सम्मिलित निर्णायक मण्डलले विजेता चयन गरेको थियो।

रेडियन्ट इभेन्ट म्यानेजमेन्टका डाइरेक्टर साथै इन्टरनेशनल कोरीयोग्राफर राज फैंजुले कोरीयोग्राफी गर्नुभएको थियो भने ड्रेस डिजाइनिङ श्रीसा वैदार फैजु र एसम्याम बुटिककी एनी तण्डुकारले गरेकी थिइन्।

प्रकाशन मिति–२०७५ साल बैशाख २४ गते सोमवार ।