काठमाडौं। विश्वविख्यात नेपाली चित्रकार अजय देसारकी आठ बर्षिया जेठी छोरी आसिर्या देसार प्रथम काल भैरब जुनियर खुल्ला उसु च्याम्पियन्स बनेकी छन्। काठमाडौंको त्रिपुरेश्वर स्थित दशरथ रंगशालामा आयोजित ३० देखि ३२ तौल समूहका प्रतिस्पर्धीहरु वीच भएको खुल्ला उसु च्याम्पियन्स २०७८ मा आर्सिया देसारले स्वर्ण पदक जितेर च्याम्पियन्स बनेकी हुन्।

दुई बर्षअघिवाट उसु खेल्दै यसमा दक्ष बनेकी आसिर्या देसार यतिखेर ललितपुरको सातदोवाटो स्थित रिजेन्ट स्कुलमा कक्षा ४ मा अध्ययनरत रहेकी छन्। पिता अजय देसार र आमा सितु मास्के देसारको प्रेरणा तथा उत्साहवाट उसु खेलमा लागेको वताउने आसिर्या उसु खेलमा आफू नेशनल प्लियर नै बन्ने सोच तथा योजनामा रहेकी छन्।

पिता अजय देसार जस्तै विश्वविख्यात नेपाली चित्रकार बन्ने लक्ष्य पालेकी आसिर्याको दक्षता चित्रकलामा पनि रहेको छ। सानैदेखि पिताका चित्र हेरेर चित्र कोर्न दक्षता प्राप्त गरेकी आसिर्याले निकट भविष्यमा पितासंगै चित्रकला प्रदर्शनी गर्ने जानकारी दिएकी छन्।

प्रकाशन मिति–२०७८ साल असोज २१ गते विहीवार ।