ललितपुर। आफू स्पाइनल ट्युमर रोगको कारण अशक्त भएतापनि सवैका लागि आत्मबल र आत्मउत्प्रेरणाका ऊर्जा बन्दैआएका स्वतन्त्र संसार महर्जन यो नामै यतिखेर नेपाली तथा नेपालभाषीहरुको लागि काफी छ।

फरक सोच र फरक काम गरेर अग्रपंक्तीमा देखिएका स्वतन्त्र संसार महर्जनको संसार निक्कै फराकिलो भैसकेको छ। नेपाली तथा नेपालभाषीहरु माझ पहिचान राखेर यतिखेर संसार क्रियसन्स र एम्स इन्टरटेन्टमेन्ट मार्फत विश्वव्यापी फैलिने कोशिशमा स्वतन्त्र संसार रहेका छन्।

यिनै स्वतन्त्र संसार महर्जन विश्वभर महामारीको रुपमा फैलिरहेको कोरोनाभाइरसको संक्रमण फैलिनवाट बच्न र बचाउन गरेको लकडाउनको कारण प्रभावित बनेका छन्। लकडाउनका कारण घरैमा बसेर सिर्जनशील कार्यमा व्यस्त रहेका स्वतन्त्र महर्जन आफू अशक्त भएतापनि सशक्त कार्य गर्न र गराउनमा नै रुचि राख्ने गर्दछन्।

यसक्रममा फेसबुक लाइभ कार्यक्रम मार्फत नेपाली प्रतिभावान गायक–गायिकाहरुलाई प्रमोसन गर्ने कार्यमा पनि स्वतन्त्र संसार महर्जनको अग्रता देखिएको छ। अघिल्लो हप्ता लुकेको विलक्षण प्रतिभा गायक किशोरकुमार शाहीलाई प्रस्तुत गरेका स्वतन्त्रले यो हप्ताको शनिवार अर्का विलक्षण प्रतिभा गायिका सरिता शाहीलाई प्रस्तुत गरेर उल्लेखनिय कार्य गरेका छन्।

गायिका सरिता शाहीसंग आफूभित्रको अर्को विलक्षण गायनको लुकिरहेको प्रतिभालाई पनि स्वतन्त्रले उजागर गरेका हुन। गायिका सरिता शाहीसंग नेपालभाषामा मनछुने गीत गाएर सवैको मनलाई आफ्नो बनाएका छन्। फेसबुक लाइभ कार्यक्रममा नेपालभाषा चलचित्रका प्रथम चलचित्र पत्रकार विजयरत्न तुलाधरको प्रमुख आतिथ्यता रहेको थियो।

त्यसको अलावा लकडाउनको कारण मानिसलाई मात्र नभइकन कुकुरलाई पनि समस्या परेको आत्मसात गरेर कुकुरलाई खाना खुवाउने अन्तिम हप्ताको अभियानलाई शनिवार स्वतन्त्रले पूरा गरेका छन्। गृहनगर खोकनामा रहेका भोकाएर कुकुरहरुलाई भोजन गराउने चौथो हप्ताको कार्य पूरा गरेका हुन।

प्रकाशन मिति–२०७७ साल भाद्र २७ गते शनिवार ।