Bety 4काठमाडौ। नेपाल आदिवासी जनजाति चलचित्र महासंघले आयोजनामा आदिवासी चलचित्र महोत्सव बैशाख ११ गते शनिवारवाट गरिएको छ।

खासै कुनै तामझाम नगरिकन सामान्य ढंगवाट गरिएको महोत्सवको पहिलो दिन मगर भाषाको चलचित्र प्रदर्शन गरिएको थियो भने, दोश्रो दिन आइतवार थारुभाषाको चलचित्र बेटी प्रदर्शन गरिएको छ।

प्रदर्शन अघिको कार्यक्रममा बोल्दै चलचित्र बेटीका निर्माता तथा निर्देशक परशुराम चौधरीले कुनैबेला आदिवासी चलचित्रको कुरा गर्दा थारुभाषा पनि हुन्छ र भन्नेहरुको समुदायलाई थारुभाषाको महत्व र थारु कला–संस्कृतिको पहिचान बुझाएर दुई दशकअगाडिवाट थारुभाषाका चलचित्र निर्माण गर्दैआएको खुलासा गरेका छन्।

Bety 1

 

थारु जाति नेपालको आदिवासी जनजातिको पहिचान तथा शान भएको उल्लेख गर्दै थारुभाषालाई जोगाउन तथा यिनको महत्व दर्शाउन थारुभाषाका चलचित्रले महत्वपूर्ण भूमिका खेलेको जिकिर पनि निर्देशक चौधरीको रहेको छ।

 

थारुभाषाको चलचित्र करम निर्माण गरेर पचासको दशकमा निक्कै नाम तथा चर्चा कमाउन सफल यिनै थारुभाषा चलचित्रका सुपरस्टार समेत रहेका चौधरीको चलचित्र बेटी महोत्सवमा हेर्ने गैरथारुभाषी सामाजिक अभियन्ता मन्जु रानामगरले बेटीले समाजमा अझैपनि छोरीचेलीको जन्मलाई निराशाको आँखाले हेर्ने तथा कुसाइतको रुपमा लिनुको अलावा छोरा पाए खसी काट्ने तथा छोरी पाएमा फर्सी काट्ने परम्परालाई पुट दिने विषय उत्थान गरेको बताएकी छन्।

Bety 2

थारुभाषाका प्रथम चलचित्र सम्पादक रेणु चौधरीको लेखन रहेको चलचित्र बेटीमा सामाजिक सकारात्मक तथा नकारात्मक दुवै पक्षलाई प्रस्तुत गर्ने कार्य गरेको छ। दुई दर्जन भन्दा थारुभाषी चलचित्रका निर्माता तथा निर्देशक एवम् नायक परशुराम चौधरी चलचित्र बेटी महोत्सवमा छनौट भएर प्रदर्शन हुनु र दर्शकको मन जित्न सफल हुनु नै आफ्नो सफलता भएको बताएका छन्। राष्ट्रिय नाचघरको प्रेक्षालयमा महोत्सव बैशाख १७ गतेसम्म हुनेभएको छ।

प्रकाशन मिति–२०७३ साल बैशाख १२ गते आइतवार ।