काठमाडौं। नेपाल आदिवासी जनजाति चलचित्र महासंघको आयोजनामा तेस्रो आदिवासी जनजाति चलचित्र महोत्सव २०७६ संपन्न भएको छ। काठमाडौंको राष्ट्रिय सभागृहमा सम्पन्न महोत्सवमा लिम्बु भाषाको चलचित्र के–च्याब्रुङ उत्कृष्ट चलचित्र बनेको छ।

गुरुङ फिल्म म्ले क्यु का जसमाया गुरुङ उत्कृष्ट निर्देशक, गुरुङ फिल्म रिजेनासाका बलबहादुर गुरुङ उत्कृष्ट पुरुष कलाकार, मगरभाषाको फिल्म खुर्पेटोका बिना थापा मगर उत्कृष्ट महिला कलाकार र राई भाषाको यारी फिल्मका युवराज बीरबहादुर राईलाई उत्कृष्ट छायाँकारको पुरस्कार प्रदान गरियो।

सोही समारोहमा गुरुङ भाषाको रिजेनासा चलचित्र दर्शकबाट पाएको ४०१ सदर मतबाट ३० हजार नगद सहित पब्लिक च्वाइस अवार्ड जित्न सफल भएको छ । आयोजक महासंघका अध्यक्ष अमृत सुनुवारको सभापतित्वमा सम्पन्न अवाडृ वितरण समारोहमा बेस्ट शर्ट फिल्म राजवंशी भाषाको पुल्टी र बेस्ट डकुमेन्ट्री सुनुवारभाषाको छेॅगुले प्राप्त गरेको छ।

महोत्सवमा पुरस्कार निर्णय गर्न आदिवासी जनजाति मातृभाषाका प्रथम सिनेपत्रकार विजयरत्न असंबरे तुलाधर, नेपालको पहिलो महिला सिनेमाटोग्राफर शबनम मुखिया र आदिवासी कलाकर्मी राज थापा काउचा सदस्य रहेको निर्णायकमण्डल रहेको थियो। प्रमुख अतिथि चलचित्र विकास बोर्डका अध्यक्ष केशव भट्टराईले अवार्ड वितरण गरेका थिए।
प्रकाशन मिति–२०७६ साल जेठ २७ गते सोमवार ।