काठमाडौ। आदिवासी नेवार जातिहरुको छाता संगठन नेवाः देय् दबूको आयोजनामा यो बर्ष आठौ नेवाः एकता दिवस मनाउने भएको छ। भाषिक अधिकारसंगै पहिचानको निमित्त जातीय एकताको लागि नेपालभर रहेका दबु शाखाले एकैसाथ विभिन्न कार्येक्रम गरि मनाइने दबुले सोमबार पत्रकार सम्मेलन गरि जानकारी दिएको छ।

Photo By-Sharan Buddhaa

यो बर्षको आठौ नेवाः एकता दिवस पुष १२ गते बुधवार मनाइने भएको छ। काठमाडौ राजधानीमा हुने कार्येक्रममा नयाँ सडक स्थित भूगोल पार्कमा बिहान ११ बजे जम्मा भइ र्याली हुदै दिउसो १ बजे असन पुगी सभा गरिने भएको छ।

देय् दबूंका अध्यक्ष नरेश ताम्राकारले नेवाः एकता दिवसमा नेवाःएकता तथा भाषिक पहिचान तथा ३ नंबर प्रदेशलाई नेपालमण्डल घोषणा गरिनु पर्ने जस्ता मागहरु जोडदार रुपमा उठाइने बताएका छन्।

प्रकाशन मिति–२०७४ साल पुष १० गते सोमवार ।