ललितपुर। नेवार समुदायको पूजापाठ तथा कर्मकाण्ड लगायतका कार्य गर्ने आदिवासी राजोपाध्याय ब्राम्हणहरुको बृहत छाता संगठन राजोपाध्याय समाजको दोश्रो अधिवेशन तथा चौथो साधारण सभा संपन्न भएको छ।

ललितपुरको जाउलाखेल स्थित उग्रचण्डी परिसर ताम्राकार समाजको भवनमा आयोजित अधिवेशनमा राजोपाध्याय समाजले राजोपाध्याय समाजका अग्रज व्यक्तित्व चुन्द्र चरण राजोपाध्याय तथा पण्डित रत्नराज राजोपाध्यायलाई विशेष सम्मान प्रदान गरिएको छ। त्यसैगरेर, यो बर्ष एसइइ परीक्षामा राजोपाध्याय समाजका दुई सर्वोत्कृष्ट विद्यार्थी सिवेश शर्मा र सुनिया राजोपाध्यायलाई सम्मान सहित नगद पुरस्कारवाट पुरस्कृत गरिएको थियो। अन्य दश जना विद्यार्थीहरुलाई सम्मान पत्रवाट सम्मानित गरिएको थियो।

ललितपुर क्षेत्र नंबर २ वाट प्रतिनिधिसभा सदस्य पदमा भारी मतले विजयी सांसद कृष्णलाल महर्जनको प्रमुख आतिथ्यतामा भएको अधिवेशनको उदघाटन सत्रमा  महासचिव सञ्जय शर्मा राजोपाध्याय तथा कोषाध्यक्ष जयन्ती शर्मा राजोपाध्यायले बार्षिक प्रगति प्रतिवेदन तथा आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए।

कार्यक्रममा महेश्वर जुजु राजोपाध्याय लगायतका अग्रज व्यक्तित्वहरुले राजोपाध्याय समाजको आवश्यकता र विशेषताको बारेमा प्रकाश पारेका थिए। कार्यक्रम राजोपाध्याय समाजका अध्यक्ष वदन ज्वालानन्द राजोपाध्यायको सभापतित्वमा भएको थियो।

बन्द सत्रमा महासचिव र कोषाध्यक्षको प्रतिवेदन उपर छलफल भएर पारित गरिएको थियो भने, नयाँ कार्य समितिको पनि चयन गरिएको थियो। प्रसिद्ध गायक तथा संगीतकार अमरराज शर्माको नेतृत्वमा नयाँ कार्य समिति चयन भएको छ। जसमा प्रसिद्ध नृत्य निर्देशक सञ्जय शर्मा, सशक्त संचारकर्मी विराजकाजी राजोपाध्याय लगायत कार्य समितिको महत्वपूर्ण पदमा सर्वसम्मत बनेका छन्।

प्रकाशन मिति–२०७४ साल पुष १५ गते शनिवार ।