काठमाडौ। कामभन्दा चर्चाको लागि जे पनि गर्न र गराउन तयार बलिउड आइटम स्टार अभिनेत्री राखी सावन्त बोल्ड फोटो, सिन तथा बयानका कारण चर्चामा आइरहने गर्दछिन्। यतिखेर राखी बलिउडका गायक मिका सिंहले जबजस्त गरेको टङ किसको कुरा गरेर फेरि चर्चामा आएकी छन्।

सन् २००७ मा गायक मिका सिंहले राखीको जन्म दिनको पार्टीमा जबजस्ती ‘लिपलक किस’ गरेका थिए । त्यो चुम्बनको घटनाले उनीहरू दुवै समाचारमा छाएका थिए । मिकाले चुम्बन गर्दा राखीले असहज महसुस गरेकी थिइन् । त्यो घटना निकै विवादित भएको पनि भएको थियो। हालै एउटा फिल्ममा चुम्बन दृश्य दिनुपर्दा राखीले ११ वर्षअघिको मिका सिंहवाला किसको याद गरेर फेरि तहल्का मच्चाएकी छन्।

राखीले आफूलाई चुम्बन दृश्यमा अभिनय गर्न निकै असहज भएको बताउँदै भनेकी छिन्, ‘मलाई पहिलाको घटनाको याद आयो । त्यसैले मलाई निकै डर लाग्यो । मैले बिर्सिएँ कि म क्यामेराको अगाडि अभिनय गर्दै छु । मलाई त्यो चुम्बन दृश्य वास्तविकजस्तै लाग्यो। कसैले मलाई जबर्जस्ती चुम्बन गर्दै छ, म चुपचाप सहिरहेजस्तो लाग्यो। त्यसैले मैले ५५ टेक खाएँ ।’

उक्त दृश्य ओके हुन ५५ पटक रि–टेक गर्नुपर्दा निर्देशक पनि आजित भएको राखी आफैँले बताएकी छन्। ‘मबाट चुम्बन दृश्य दिने काम सहज भएन, म आफैँलाई अप्ठ्यारो लाग्यो।’ भारतीय मिडियाले उनको भनाइ उद्धृत गरेको छ।

राखीले पहिलोचोटि किस सिन दिँदाको अनुभव पनि सेयर गरेकी न्। उनले भनेकी छिन्, ‘पहिलोचोटि किस सिन दिँदा म निकै डराएकी थिएँ, किनभने मलाई किसको अनुभव थिएन। त्यतिवेला म यतिसम्म नर्भस भएँ कि, आधा बोतल रक्सी पिएपछि मात्रै किस सिन दिन सकेकी थिएँ ।’ आफूले किस सिनमा अभिनय गर्न नमान्दा निर्माता, निर्देशकले आफूहरूले सिकाउने बताएको समेत उनले खोलेकी छन्।

प्रकाशन मिति–२०७४ साल माघ २० गते शनिवार ।