काठमाडौं। नेपाली समसामयिक आधुनिक संगीतका दख्खल गायिका अस्मिता श्रेष्ठको दख्खलता लोक दोहरी गायनमा पनि अग्रता रहेको छ। लोक दोहरीमा विशेषत तीज गीत गायनमा गायिका श्रेष्ठको अग्रता देखिएको हो।

यसक्रममा यो बर्ष तीजलाई लक्षित गरेर नयाँ आयामिक तीज गीत जनसमक्ष ल्याएकी छन्। जुन गीतको वोल नै छम छमी नाच्दै पाउजु बजाउंदै बाबाका घरमा रहेको छ। तीजको पूर्वसन्ध्यामा यो बर्ष रिलिज भएको यो गीतले मार्केट पिट्ने व्यापक आशावादीमा गायिका श्रेष्ठ रहेकी छन्। यस गीतको भाकामा गायिका श्रेष्ठलाई अर्की गायिका लक्ष्मी पुरी प्रधानको पनि साथ र सहयोग रहेको छ।

सुप्रसिद्ध गीतकार भरत बमजन गीत रचना रहेको यस गीतको संगीत स्वयम् गायिका लक्ष्मी पुरी प्रधानको रहेको छ। यस गीतको भिडियोमा दुवै गायिकाले जमेर अभिनय समेत गरेका छन्। साथमा बर्षा दास,सुमित्रा मुखिया लगायतकाको पनि अभिनय रहेको छ।

 

प्रकाशन मिति–२०७९ साल साउन १ गते आइतवार ।