काठमाडौ। नेपालका रेकर्डेट रक्तदाता प्रेमसागर कर्माचार्यले रक्तदानको क्षेत्रमा अर्को रेकर्ड कायम गरेका छन्। १ सय ४६ पल्टको रक्तदानको रेकर्डलाई थप रेकर्ड राखेका छन्।

Recorded Blood Donar of Nepal Mr. Prem Sagar Karmacharya Blood Donated in Kantipur Int. College.
Recorded Blood Donar of Nepal Mr. Prem Sagar Karmacharya Blood Donated in Kantipur Int. College.

काठमाडौको नयाँ बानेश्वर बुद्धनगरस्थित कान्तिपुर इन्टरनेशनल कलेजव्दारा आयोजित बृहत रक्तदान कार्यक्रममा प्रमुख आकर्षण बनेका नेपाल स्वयम् सेवी रक्तदाता समाजका केन्द्रिय अध्यक्ष समेत रहेका रक्तदाता कर्माचार्यले १ सय ४७ औं रक्तदान गरेका छन्। कलेजमा अध्ययनरत सयौं विद्यार्थीहरुले गरेको बृहत रक्तदान कार्यक्रममा प्रेरणाको विषय नै बनेका रक्तदाता कर्माचार्य कार्यक्रमको प्रमुख अतिथि समेत बनेका थिए।

prem-sagar-karmacharya2

कुनैबेला कसैलाई रगतको आवश्यकता भएको खण्डमा अकालमा कसैले ज्यान गुमाउन नपरोस भनेर कर्माचार्य अध्यक्ष रहेको नेपाल स्वयम् सेवी रक्तदाता समाजले अहोरात्र सहयोग गर्दैआएका छन्।

जुनसुकै बेलामा जस्तोसुकै रगतको आवश्यकता भएपनि विरामीको लागि जसरी भएपनि रगत उपलव्ध गराएर मानविय सेवामा अत्यन्त उदाहरणिय कार्य गर्दै आएका कर्माचार्यलाई यसकारण पनि सवैले आपतका देवता पनि भन्ने गरिएको छ।
प्रकाशन मिति–२०७३ साल भदौ २९ गते बुधवार ।