Prem Sagar Karmacharya's 145 blood Donationकाठमाडौ। नेपालका रेकर्डेट रक्तदाता प्रेमसागर कर्माचार्यले आइतवार आयोजित कार्यक्रममा १ सय ४५ औं रक्तदान कार्य संपन्न गरेका छन्।

आपतका देवता उपनाम नै पाएका रक्तदाता कर्माचार्यले काठमाडौको चावहिल स्थित नेपाल रेडक्रस उपशाखाले आयोजना गरेको रक्तदान कार्यक्रममा रक्तदान गरेर अर्को नयाँ आयाम थपेका हुन्।

१६ बर्षको उमेरदेखि रक्तदान गर्दैआएका रक्तदाता कर्माचार्य हाल ५२ बर्ष पुगिसकेका छन्। संपूर्ण जीवन नै रक्तदान तथा रगतको कारण कसैले पनि अकालमा मृत्युबरण गर्न नपरोस् भनेर अहोरात्र खटिरहेका रक्तदाता कर्माचार्य चौविसै घण्टा यसकार्यमा लाग्दैआएका छन्।

कसैलाई रगतको खाँचो परेमा जहाँवाट जसरी भएपनि उपलव्ध गराएर उच्च–सामाजिक सेवा गर्दैआएका कर्माचार्यको यो अहोरात्र कार्यको मूल्याँकन गरेर नै कर्माचार्यलाई सवैले आपतको देवता भन्ने गरिएको हो। कर्माचार्य नेपाल स्वयमसेवी रक्तदाता समाजका अध्यक्ष समेत हुन्।
प्रकाशन मिति–२०७२ साल फागुन ३० गते आइतवार ।