काठमाडौ। नेपाली र नेपालभाषा दुवै क्षेत्रमा क्रियाशील कलाकारहरुको उत्थानमा अत्यन्त क्रियाशील कलाकार तथा निर्देशक सुरेन्द्र तुलाधरले आपत–विपतमा परेका कलाकारहरुलाई सहयोग अभियान नै शुरु गरेका छन्।

नेपालभाषाको देपाँ बिला थेगोको कारणा चर्चामा आएका कलाकार मानकृष्ण यतिखेर मुटुको व्यथाको कारण थला परेको तथा मानकृष्णलाई उपचार्थ सहयोग आवश्यक भएकोले आर्थिक सहयोगको लागि सवैतिर आव्हान गर्ने कार्यमा जुटेका छन्।

 

त्यसको अलावा कलाकार तुलाधर संस्थापक रहेको सुखावती मल्टी प्रोडक्सनको आयोजनामा सामाजिक सहयोगको लागि यही फाल्गुण ५ गते तुलाधर निर्देशित चलचित्र पानबती काठमाडौको सिटीम्याक्स हलमा प्रदर्शन गर्ने भएको छ।

चैत्र महिनामा नेपालभाषाका चर्चित गायिका दीपा महर्जनको एकल साँझ भव्य रुपमा गर्ने तयारीमा कलाकार तुलाधरको व्यस्तता बढ्ेको छ। दीपा महर्जन साँझ काठमाडौको होटल याक एण्ड यतिको भव्य सभाहलमा गर्ने तयारी भएको छ।

ए–ग्रेडका दर्शकहरुलाई टार्गेट गरेर उक्त साँझ गर्न लागेको कलाकार तुलाधरले भिजन संसारलाई भनेका छन्। जसमा हाँस्य कलाकारिता क्षेत्रका युगपुरुष हाँस्य अभिनेता मदनकृष्ण श्रेष्ठको समेत सहभागिता रहने भएको छ।

यसअघि कलेजो दान दिएर पिताको ज्यान जोगाएर आफू पिडामा रहेकी सरिता महर्जनको सहयोगार्थ सहयोग साँझ गरेर नगद ५ लाख सहयोग प्रदान गरेका थिए।

प्रकाशन मिति–२०७४ साल माघ २७ गते शनिवार ।