काठमाडौं। आफ्ना अरुसंग पल्किदाको तितो यथार्थको कथावस्तु वोकेको वियोगान्त गीतको भिडियो सार्वजनिक भएको छ।

मोडल, तथा गीतकार सबिता कार्कीको पछिल्लो प्रस्तुति “आत्मा अन्तै” बोलको वियोगान्त गीतको भिडियो भर्खरै सार्वजनिक भएको हो।

गीतको लय कमल सुशान्त केसीले तयार पारेका हुन् भने शब्द गायिका एवं मोडल सबिता कार्कीको नै रहेको छ । सुनिता बुढा क्षेत्री, कमल शुसान्त केसी र सबिता कार्कीको सुमधुर स्वरले सजिएको गीतको म्युजिक भिडियोमा आशिर प्रताप जङ्ग, सबिता कार्की, राम लोहनी र गोमा न्यौपानेको अभिनय रहेको छ।

म्युजिक भिडियोलाई निर्देशन समिर थोकरले गरेका छन् ।

प्रकाशन मिति–२०७९ साल जेठ १४ गते शनिवार ।