M/s Bimala KC -Vetran Actress of Nepali film.

काठमाडौ। नेपाली जनतामा भिजन तथा मिसन भन्ने दुवै कुरा भएमा अवश्य पनि देश विकास हुन्छ। भिजन तथा मिसनको अभावमा नै विशेष गरेर नेपालीहरु सरकार र नेताहरुको आशामा हुने गर्दछ। त्यही आशा र विश्वासले सधै पछाडि पर्ने गरेको पाइएको छ। आफ्नो गाउं–ठाउं तथा टोलको विकास त आफैले गरेमात्र हुन्छ।

Kill Negative think…Be always postive & good person.-M/s Bimala KC (Actress of Nepal)

नेता र सरकारको आशा गरेर बसेमा बर्षौ बर्ष कुर्दा पनि पूरा हुंदैन। बरु, धुंवा, धुलो तथा फोहर सहेर बस्न तयार भएर बस्ने हामी नेपाली जनता गाउं–ठाउं अनि टोल वरपरका धुलाम्मे तथा हिलाम्मे सडक टालटुल गरेर पिच गर्न चुप बस्ने गर्दछौ। त्यसरी नीच मारेर बस्नुभन्दा टोल–छिमेक, पसल तथा अफिसवाट दिनको पचास रुपैया मात्र उठाएर भएपनि हामीले घर–टोलको सडकको धुलाम्मे तथा हिलाम्मे सडक पिच गर्न सकिन्छ।

M/s Bimala KC with her beloved Mr. Bijay Basnet.

थुप्रिएको फोहरलाई मज्जाले सफा गर्न सकिन्छ। तर, त्यो गर्न हामी नेपाली जनता अत्यन्त अल्छी बनेर नेताहरुका चिल्ला कुरा र मिठा सपनामा भुलेर दिनरात धुलो तथा हिलो खाएर कुसमयमा नै रोगको शिकार बन्नु परेको यथार्थता अभिनेत्री बिमला केसीले खुलासा गरेकी छन्। नेपाली चलचित्र उद्योगको तीन क्रान्तिकारी चलचित्र शहीद, दलाल तथा देबयानीकी जुझारु नायिका बिमला केसी फरक सोच र बुलन्द विचारकी यथार्थवादी कलाकार हुन्। जसमा देश विकासका धेरै भिजन तथा मिसन रहेको छ।

त्यो भिजन तथा मिसनलाई धेरैपल्ट व्यवहारमा उनी आफैले लागू गर्ने कोशिश पनि भएको छ। तर, त्यो उनको भिजन तथा मिसनलाई साथ दिने नेपाली कमै मात्र भए। उही नेताको चिल्ला कुरा तथा मिठा सपनामा अल्झिने र सरकारको मुख ताक्ने पुरानै सोचले जति गर्दा पनि आफू असफल बनेको यथार्थता भिजन संसारसंगको कुराकानीमा भनेकी छन्।

M/s Bimala KC’s beloved family

चलचित्र सेन्सर वोर्डकी प्रमुख सदस्य समेत रहेकी अभिनेत्री केसी परिवर्तन आफैवाट शुरुवात नगरेसम्म कहिले पनि गाउं–ठाउं तथा देशको विकास नहुने तर्क राख्छिन्। परिवर्तनको शुरुवात आफैले गर्नुपर्ने तथा आफ्नो गाउं–ठाउं तथा टोल अनि समाजको विकास गर्न लाखौ लाख खर्च गरेर चुनाव जितेर आउने नेतावाट हुन नसक्ने उनको भनाई रहेको छ।

क्रान्ति विचार तथा मनवाटै हुनुपर्ने अवधारणा बोकेकी उनी हिरोसंग गीत गाउंदै नाच्ने हिरोइनको रोल आफूलाई पटक्कै गर्ने इच्छा नभएको र कथाले नै नारीलाई हिरो बनाएको फिल्ममा अभिनय गर्ने लक्ष्य रहेकोले धेरै फिल्म नखेलेको उनले खुलासा गरेकी छन्। सानै रोल भएतापनि बलियो भूमिका भएमा त्यो फिल्मको हिरो त्यही हुने भएकोले आफू फिल्मको हिरो बन्न चाहेको र बलियो भूमिका खोजिरहेको पनि उनले भनेकी छन्।

बलियो विचार तथा संपन्न मनकी धनी यिनै अभिनेत्री बिमला केसीको जीवन साथी अरु कोही नभइकन सोही विचारको बलियो मान्छे निर्देशक विजय बस्नेत हुन्। विजय बस्नेत तथा बिमला केसीको एउटै विचार तथा मन भएकोले दुवैवीच चलचित्र निर्माण–निर्देशन अनि अभिनयका क्रममा थाहै नपाइकन प्रेम भएको हो। निश्कलंक त्यो पवित्र प्रेम तथा मायाको विशाल सागरमा दुवैले एक–अर्कालाई मन पराए। दुवैले चुपचाप विवाह गरे।

Mr. Bijay Basnet-Vetran film Director & Producer of Nepal.

विवाह गरेको पनि एक दशक पुगिसकेको छ। यस वीचमा उनीहरुको प्यारको प्रतिक सात बर्षको छोरा विशेष पनि त छ। बाउ–आमाजस्तै छोरो विशेष पनि नाम अनुसारको नै विशेष रहेको छ। सात बर्षको सानो उमेर भएतापनि विशेष ट्यालेन्टेट छन्। हरेक कुरालाई बाउआमाले जस्तै विश्लेषण गर्ने खुवी उनमा पनि विकास भएको छ। यसले गर्दा पनि दुवै आफ्नो सन्तानवाट अत्यन्त गर्वित बनेका छन्।
प्रकाशन मिति–२०७४ साल मंसीर २० गते बुधवार ।