काठमाडौ। युएईको  आबुधावीमा पहिलो पल्ट नेपाली म्युजिक भिडियो अवार्ड सम्पन्न भएको छ।समीक्षा फिल्म इन्टरटेन्टमेन्ट तथा युएईको नमस्ते ट्राभल्सको आयोजनामा भएको उक्त अवार्ड कार्यक्रममा गायनमा कोमल ओली र गीतकारमा योगेन्द्रमणि दाहाललाई सम्मान गरिएको छ।

rajesh-hamal-sammanit-1

नेपाली पप गायनमा लामो समयदेखि योगदान दिएवापत पपस्टार राजेश हमाल तथा रंगमंच तथा म्युजिक भिडियोमा लामो समयदेखि अभिनय गर्दैआएका कलाकार राजु हमाललाई विशेष सम्मान प्रदान गरिएको छ। विभिन्न विधामा प्रदान गरिएको अवार्डमा म्युजिक भिडियो नायकमा पल शाह र नायिका बर्षा राउत र नव वायक सुजन तिमिल्सिना लगायतलाई अवार्ड दिइएको थियो।

त्यसैगरेर बेस्ट भोकल मेल युवराज चौलागाई, बेस्ट भोकल फिमेल मिलन अमात्य, बेस्ट भोकल पप मेल अमिर शेख, बेस्ट भोकल पप फिमेल दुर्गा खरेल, बेस्ट रचनाकार किशोर घिमिरे, बेस्ट म्युजिक सुनिल मास्के, बेस्ट एरेञ्जमेन्ट अल्मोडा राना उप्रेती, बेस्ट लोकदोहरी रितकुमार श्रेष्ठ, बेस्ट म्युजिक भिडियो डाइरेक्टर सहेन्द्र श्रेष्ठ, बेस्ट म्युजिक भिडियो क्यामेरा पर्सन हरि हुमाँगाइ, बेस्ट म्युजिक भिडियो एडिटर प्रकाश तुलाधर, बेस्ट म्युजिक भिडियो डारेक्टर मिलन चाम्सले पाएका थिए।

rajesh-hamal-sammanit-2

बेस्ट म्युजिक भिडियोमा प्रदीप दाहाल र सुब्रत आचार्यको पोल्टामा परेको थियो। बेस्ट इमर्जिङ्ग ट्यालेन्ट स्वयाता पुन्जाली र पपुलर फिलिम एक्ट्रेसमा पूजा शर्माले अवार्ड जितेकी थिइन्।
प्रकाशन मिति–२०७३ साल असोज ६ गते विहीवार ।