काठमाडौं। आमा विनाको संसार अधुरो मात्र होइन, अपुरो नै हुने गर्दछ। तिनै आमाको माया, स्नेह तथा सदभावको असिम गौरबताको विषयमा गायक सलिल सुन्दर तुलाधरले विलकुलै नयाँ गीतको भिडियो सार्वजनिक गरेका छन्।

गायक तुलाधरले आफ्नी स्वर्गवासी आमा रुपशोभा तुलाधरलाई समर्पण गरेर आमा बोल गीतको भिडियो नेपालभाषामा सार्वजनिक गरेका हुन। गायक तुलाधरले आफ्नी आमा स्वर्गवास भएको ४५ औं दिनमा रचना, संगीत र रेकर्ड सम्पन्न गरेको वताएका छन्। गीतको म्युजिक भिडियो भने आमाको प्रथम वार्षिक पूण्य तिथीका दिन पारेर सार्वजनिक गरिएको जानकारी दिएका छन्।

यस गीतको संगीत संयोजन अन्जन श्रेष्ठले गरेका छन्। त्यस्तैगरेर, रणबहादुर ताम्राकारले शब्द लेखनमा सहयोग गरेका छन्। ख्यातिप्राप्त अभिनेत्री मञ्जु श्रेष्ठका साथमा दीपक मगर र सर्निका राजोपाध्यायव्दारा अभिनित यस म्युजिक भिडियो मतिना प्रोडक्सनद्वारा तयार गरेको हो। विजु कर्माचार्यद्वारा निर्देशित यस म्युजिक भिडियोको छायांकन अमर चित्रकारले गरेका छन् भने सह–निर्देशन तथा भिएफएक्स महेश्वर श्रेष्ठले गरेका छन्।

गायक, संगीतकार तथा रचनाकार सलिल सुन्दर तुलाधरले यसअघि पनि धेरै हिट गीत दिइसकेका छन्। पछिल्लो हिट गीतमा ड्याम ड्याम बोलको गीत हो भने, नेपाली चलचित्र निजर्लाको भाले मोटर, चोखो मायामा तिमी नै हौ, जस्ता गीतहरुमा स्वर दिइसकेका छन्। नेपाल भाषा संगीतमा पनि छपला एल्बम, मखं त्वा या कायमचा आदि लोकप्रिय गीतहरुमा स्वर दिइसकेका छन् ।

प्रकाशन मिति–२०७७ साल असोज १ गते विहीवार ।