काठमाडौं। जारी लकडाउनका कारण भोकभाकै बन्न थालेका आमाघरका आमाहरुका लागि युवा समाजसेवी सुमन्त झा को बिशेष पहलमा न्यूजलाइन्स नेपाल डटकम तथा डिजिटल खवर डटकमको आयोजनामा राहत वितरण कार्य भएको छ।

कालिमाटी सोल्टीमोडस्थित आमाघरमा आश्रित ३५ जना बृद्धाआमाहरुका लागि राहत वितरण गर्ने कार्य भएको हो। काठमाडौंको बुढानिलकण्ठ नगरपालिका वडा नंबर ३ का मनकारी दाताहरु समिप गुरुङ, शान्तराज गुरुङ र नवोदिता गुरुङको सहयोगवाट आफूहरुले राहत वितरण गर्ने कार्य भएको आयोजकमध्येका एक डिजिटल खवर डटकमका सञ्चारकर्मी जीवन शर्माले भनेका छन्।

त्यस्तैगरेर, अर्का आयोजक न्यूजलाइन्स नेपाल डटकमका अध्यक्ष राजु भट्टले आमाघरको अलावा बालाजु गोगंबु, सुकेधारा तथा भक्तपुर लोकन्थलीमा रहेका अपाङ्ग तथा विपन्न वर्गलाई राहत प्रदान गरिएको बताए।

७५ घरपरिवारलाई मनकारी गुरुङ परिवारको सहयोगवाट राहत उपलव्ध गराउने कार्यमा स्वर्गिय राजा बीरेन्द्र शान्ति प्रतिष्ठानका अध्यक्ष शिवहरि खनाल तथा अपाङ्ग मैत्री नेपालका अध्यक्ष काजिलाल श्रेष्ठ तथा मानवअधिकारकर्मी एवम् नामी साप्ताहिकका अग्रज सञ्चारकर्मी नारायण लिंखा देवानको पनि सहभागिता रहेको थियो।

प्रकाशन मिति–२०७७ साल जेठ ७ गते बुधवार ।