काठमाडौ। राजा महेन्द्रको गाडी हाँक्ने सवारी चालक रामदेवी श्रेष्ठ शनिवार एकादशीवाट १ सय बर्ष पुगेकी छन्। आफन्त गुमाएर रोडमा पुगेकी बेसहारा रामदेवीको सहारा बनेको काठमाडौको कालिमाटी रविभवन स्थित आमाघरमा १ सय बर्षको जन्मदिन मनाउने कार्य भएको छ।

सामाजिक अभियन्ता सुनिता कायस्थको नेतृत्वको गृहिणी महिला सामाजिक सेवा केन्द्रले १ सय बर्ष पुगेकी रामदेवीको जन्मदिन आमाघरमा मनाइएको हो। विगत २५ बर्षदेखि आफ्नाहरुवाट बेखवर बन्दैआएकी संभवत नेपालको पहिलो सवारी चालक समेत रहेकी रामदेवी १ सय बर्ष पुग्दा एकाएक पराई आफन्त बनेर जन्मदिन मनाइदिदा हर्षको आँशु चुहाएर सवैलाई आशीर्वाद दिने कार्य भएको छ।

विसं.२०२२ सालमा तत्कालिन राजा महेन्द्रको गाडी चलाउने गरेका रामदेवीले लगातार सात बर्ष राजा महेन्द्रको गाडी चलाएकी थिइन्। विसं.२०२८ सालमा राजा महेन्द्रको स्वर्गवास अनि रामदेवीको प्राणप्यारा श्रीमानको पनि सोही बर्ष देहान्त भएपछि उनी नितान्त एक्ली बनेकी हुन्।निःसन्तान रामदेवीको काठमाडौको नघलमा रोडमा नै घर भएपनि त्यो घर जालझेलमा बेचिएपछि रोडमा पुगेको अझै दुःखेसो गर्ने रामदेवी अव त्यो पीडालाई विर्सन चाहन्छिन्। १ सय बर्ष पुगेको दिनलाई आफूलाई नयाँ जिन्दगीको रुपमा लिएको बताएकी छन्।आफूलाई नयाँ जिन्दगी दिने आमाघरकी आमा दिलशोभा आमालाई जन्मदिनको दिन दिल खोलेर आमा भनेर संवोधन गर्दा स्वयम् दिलशोभा आमाको समेत आँखावाट आँशु झरेको थियो। त्यति धेरै माया गर्ने रामदेवीले उल्टै दिलशोभा आमालाई जानी–नजानी ह्याप्पी बर्थ डे आमा भन्दा दिलशोभा आमाले थ्यांक्यु भनेको त्यो पल अत्यन्त अविस्मरणीय पल भएको सामाजिक अभियन्ता धर्मराज बज्राचार्यको भनाई रहेको छ।जन्मदिन कार्यक्रममा १ सय बर्षकी आमा रामदेवीलाई एकसरो नयाँ चोलो र सारी तथा उपहार प्रदान गर्ने कार्य पनि भएको थियो। आमाघरमा त्यसरी जन्मदिन मनाउने १ सय बर्षकी आमा रामदेवी नै पहिलो भएको आमाघरकी सवैकी आमा दिलशोभा आमाले भनेकी छन्।प्रकाशन मिति–२०७४ साल माघ १३ गते शनिवार ।