काठमाडौं। नेपाली कांग्रेसका बरिष्ठ नेता तथा काठमाडौं क्षेत्र नंबर १ का सांसद प्रकाशमान सिंह आमाघर पुगेका छन्। आमाघरमा रहेकी १ सय १ बर्षकी आमा रामदेवी श्रेष्ठलाई भेट्न नेता सिंह शनिवार काठमाडौंको रविभवन–कालिमाटीस्थित आमाघर पुगेका हुन्।

हजुरआमाहरुकी पनि आमा दिलशोभा श्रेष्ठव्दारा संचालित आमाघरमा पुगेर आमाघरको बस्तुस्थिति बुझ्नुको अलावा १ सय १ बर्षकी आमा रामदेवी श्रेष्ठसंग नेता सिंहले भलाकुसारी गरेका थिए।

राजा महेन्द्रको पालामा राजदरवारका सवारी चालक समेत रहेकी रामदेवीले नेता सिंहका पूजनिय पिता तथा सर्वप्रिय नेता तथा लौहपुरुष वीर गणेशमानसंग ठहिटी हुंदा भेटघाट भएको अनि चाक्सीबारीमा कयौपल्ट गएको सवै कुरा सुन्दा नेता सिंह पनि उत्साहित बनेका थिए।

१ सय १ बर्षकी आमा रामदेवीले नेपाली कांग्रेसका प्रिय नेता सिंहसंग एकपल्ट भेट्ने चाहना व्यक्त गरेको खवर थाहा पाएपछि नेता सिंह आमाघर पुगेको नेता सिंहको स्वकीय सचिव युपी लामिछानेले भनेका छन्।


प्रकाशन मिति–२०७५ साल असोज २७ गते शनिवार ।