–यमन श्रेष्ठ

एकै अक्षर लेख्दा पनि तिम्रो बारेमा
बन्छ मिठो कबिता , बन्छ मिठो गीत ।
एकै पल बस्दा पनि तिम्रो साथमा
लाग्छ भगवान संगै छन्, दिदैछन् आशिष ।।

***********************************

कत्रो ठुलो मन तिम्रो, मेरै मात्र सोच्ने
मेरो स्यानै चोटमा पनि तिम्रो हृदय घोच्ने
बिहान दिउसो बेलुका दिन रात उठ्दै बस्दै
भगवान पनि सोच्दै होलान् , को हुन् यी म जस्तै ।।

एकै झल्को कल्पे पनि तिम्रो बारेमा
हार आफु लिन्छौ, दिन्छौ मलाई जीत
एकै पल बस्दा पनि तिम्रो साथमा
लाग्छ भगवान संगै छन्, दिदैछन् आशिष ।।

**********************************

अर्को जुनी तिमी मेरै, आमा भईदिनु है
त्यो बेलांं अहिले जस्तो, छोडी नगईदिनु है
यो मनको मन्दिरमा तिम्रो, फोटो सजाउछु
तिम्रै भजन गाउछु तिम्रै, धून बजाउछु ।।

एक पल्ट फेरी ढल्कन पाए, तिम्रो काखमा
सुन्थें तिम्रो लोरी अनि, आउथ्यो मिठो निंद
एकै पल बस्दा पनि, तिम्रो साथमा
लाग्छ भगवान संगै छन्, दिदैछन् आशिष ।।

(कवि तथा कलाकार यमन श्रेष्ठले आफ्नी आमा यशोदा सुवेदी श्रेष्ठको दुःखद निधन भएको नवौं दिनमा कविताको माध्यमवाट मनको बह पोखेको यो कविता हो। यमन नेपालका चर्चित हाँस्य अभिनेता मदनकृष्ण श्रेष्ठका सुपुत्र तथा दिवंगत यशोदा मदनकृष्णको पत्नी हुन्। यशोदा सुवेदीको क्यान्सरको उपचारकै क्रममा ६७ बर्षको उमेरमा दुःखद निधन भएको थियो।)
प्रकाशन मिति–२०७४ साल चैत्र २७ गते मंगलवार ।