कविता–
–सुनकुमार अवाल


आमा पछि मायाको माया
माया नै संसारको बहुमूल्य माया
प्रेमी–प्रेमिकाको माया क्षणिक मात्र हो,
आमा पछि मायाको माया अमर हुन्छ !
यो माया हिजोआज किन हो कुन्नि ?
पैसामा विक्न थालेको छ………..

पैसा छ त माया छ !
छैन त माया नै छैन !!
यो कस्तो माया हो ?
माया त भावनामा हुन्छ,
विश्वासमा हुन्छ !!

पैसामा साटिएको माया
स्वार्थभित्रको यथार्थ मात्र हो ।
जसमा कुनै भावना हुन्न
कुनै विश्वास हुन्न !

माया त भावनामा हुन्छ,
विश्वासमा हुन्छ !!
सदभावमा हुन्छ !!!
आमा पछि मायाको माया
यो नै हो–भ्यालेन्टाइन डे को माया !
सवैलाई माया नै माया ।
भावना अनि विश्वासको ।।

(चाँगुनारायण नगरपालिका वडा नंबर १, दुवाकोट, सरस्वतीखेल, भक्तपुर)
प्रकाशन मिति–२०७८ साल फागुन २ गते सोमवार ।